माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत् आयोजनामा कोरोनाको उच्च सतर्कता
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार १७:४६:५८
२१ फागुन, काठमाडौं । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मर्स्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ ।
छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आवासगृह र आयोजनमा उच्च सतर्कता अपनाएको हो । आयोजनाले बाह्य व्यक्तिलाई आउन दिएको छैन ।
सन् २०१९ डिसेम्बर ३१ का दिन चीनको बुहान शहरमा कोरोना (कोभिड–१९) नामक भाइरसको प्रकोप देखिएपछि चीन सरकारले उच्च सतर्कता अपनाएको छ । यसैअनुरुप चिनियाँ कम्पनी सिनो हाइड्रमो पनि उच्च सतर्कता अपनाइएको हो ।
कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकी नदेखिएको आयोजनाका प्रोडक्सन एवं टेक्नोलोजी म्यानेजर लि काउयुआनले बताए । जनवरी ३० का दिन कम्पनीका प्रबन्ध निर्देशक यान हुङवेले एउटा विशेष बैठकको आयोजना गरी कार्यालय तथा आयोजनामा कोरोनासम्बन्धी उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए ।
आयोजनाले तीन प्रकारका मास्क, स्प्रिट, लिक्विड, हात धुने सेनिटाइजर, थर्मोमिटर, स्प्रेयरलगायत सामग्री खरिद गरेको छ । उक्त सामान प्रयोगमा ल्याइएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । आयोजनाका दोभाषे दयाराम दाहालका अनुसार चीनमा कोरोना भाइरस फैलिएपछि यसको रोकथाममा सहयोग पु¥याउन सिनो हाइड्रोले उच्च सकर्तकता अपनाउन मेडिकल सामान किनेर ल्याएको हो ।
अहिले सबैले मास्क लगाएर काम गर्ने गरेका छन् । आयोजनाका अनुसार कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकीको अवस्था देखिएको छैन ।
आयोजनामा काम गर्ने कम्पनी तथा यसका सहायक कम्पनीले कोरोना भाइरसका विषयमा गहिरो गरी अध्ययन गर्ने, यसबाट मुक्ति पाउनका लागि कर्मचारीले सुरक्षात्मक उपाय अवलम्बन गर्ने, स्वस्थ आनीबानीमा ध्यान दिने, जिम्मेवार तहबाटै सबै आवश्यकीय विषय कार्यान्वयन गर्ने र कोरोना भाइरस छिर्नै नदिने उपाय अवलम्बन गरिएको बताइएको छ ।
आयोजनामा हाल ४० चिनियाँ कर्मचारी र १०० बढी नेपाली कर्मचारी छन् । डिसेम्बर अन्तिमतिर चीन गएका चिनियाँ कर्मचारीहरू चीनमा कोरोना फैलिएपछि उतै रोकिएका छन् । कोरोना बढी मात्रामा फैलिएको हुवेइ प्रान्त बाहिरका उनीहरु कोरोनाका कारण आउन नसकेको आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्ध निर्देशक भने बैठक बसेर चीन गई पुनः नेपाल फर्किएका छन् । उनी काठमाडौंको कार्यालयमा १४ दिन क्वारेन्टाइनमा बसेर आयोजनाको कार्यालयमा फर्किएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार