एनआईसी एशिया क्यापिटलले ल्यायाे विशेष छुट योजना
नेपालबहस संवाददाता
फागुन २२, २०७६ शुक्रबार ०:४९:२०
२२ फागुन, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड संचालनमा आएको तेश्रो वर्ष पुरा भएको छ । मिति २०७६ साल फागुन २२ गते संचालनमा आएको तीन वर्ष पुरा गरेको जानकारी क्यापिटलले दिएको छ । संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिशपर्दा रहदासमेत एनआईसी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धी हाँसिल गर्न सफल भएको छ ।
क्यापिटलको हाल सम्मको प्रमुख उपलब्धीहरु
– मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified क्यापिटल ।
– निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता ।
– लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको ।
– नेपालमै पहिलो पटक IPO ३७ घन्टमा बाँडफाँट गर्न सफल ।
– सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको ।
– शेयर रजिष्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको ।
म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको ।
साथै क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै मिति २०७६ साल फागुन २२ गतेदेखि मिति २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
क्यापिटलको तेश्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटलमा हितग्राही खाता खोली शेयर कारोवार गर्नुहुने खाताधारकहरु, क्यापिटलले संचालन गरेको सामूहिक लगानी योजनामा लगानी गनुभएको इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन (Portfolio Management Service-PMS) सेवा लिइरहनु भएका सेवाग्राहीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा समस्त क्यापिटल परिवार हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्न चाहान्छौं । साथै आगामी दिनमा समेत यस क्यापिटलबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखी उच्च कोटिको सेवा उपलब्ध गराउन सदैव कटिवद्ध रहने प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार