सिंहदरबार र बालुवाटारमा भ्रष्टहरुको बिगबिगी
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार ११:४५:२०
यज्ञप्रसाद भट्टराई
४ चैत, काठमाडौं । देशबाट राजा र राजसंस्था नराम्रो भएर हटाईएको हैन राजा र राजसंस्था देशमा रहुञ्जेल मुलुक लुटेर खान पाँईदैन भनेर हटाईएको हो भन्ने कुराको बिस्तारै जनमानसमा विचारको बहश शुरु हुन थालेको छ । । देशमा राजा रहुञ्जेल धार्मिक एकता कायम हुने र आफ्नो अभिष्ठ पुरा नहुने देखेपछि विदेशी राष्ट्र तथा क्रिश्चियन मुलुकहरुले नेपाली राजनितिज्ञहरुलाई खरिद गरेको कुरा बिस्तारै खुल्दै जान थालेको छ ।
राजाले देश लुटनेहरुलाई पाखा लगाउने र देश बनाउनेहरुलाई अवसर प्रदान गर्ने भएकोले नै यस अघिको सकृय राजतन्त्र भएको बेला देश विकासका काममा बृहद सुधारात्मक कार्यहरु भएका रहेछन् । कामै नगरी खान पल्किएका देशका लुटेराहरुको जमातले जनतालाई झुक्याएर आन्दोलनमा परिचालन गरेको, आन्दोलनमा घाईते र अंगभंग बनाएको र हजारौलाई बलीको बोको बनाएको कुरालाई अहिले मात्रै नेपाली जनताले बिस्तारै बुझदै गैरहेका छन् ।
देशमा राजनैतिक परिवर्तन पछि केही देखिने खालको परिवर्तन भएको छ भने त्यो हो भ्रष्टाचार । परिवर्तित राजनैतिक ब्यवस्थाले नेतालाई मात्रै भ्रष्ट बनाएन देशमा स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुलाई समेत भ्रष्टाचारको दलदलमा फँसायो । बिना कमिशन कामै नहुने थिति बसायो ।
सरकार सञ्चालनमा रहेकाहरुले नै भ्रष्टाचारको दुर्गन्ध फैलाएर जगत हसाँयो । विश्वका सामु भ्रष्ट नेपालीहरु भनेर सारा नेपालीको शिर झुकायो । खाँदै नखाएको बिष लाग्ने गरी तमाम नेपालीको शिरमा ऋणै–ऋणको भारी बोकायो । देश विकास गरेर स्विजरल्याण्ड र सिंगापुर बनाउँछौ भनेर जनता झुक्यायो ।
भएको सबै राष्ट्रिय सम्पत्ति आप्mनै नातागोता साला साली, र छोरी बुहारीमार्फत कुम्ल्याउन सिकायो । अब त नेपालका राजनैतिक दल र तिनका नेता देख्यो कि सिधै गएर चिथोर्न मन लाग्छ । यिनिहरुले अहिलेसम्म खाएको राष्ट्रिय ढुकुटीको सम्पत्ति सबै निकाल्ने गरी यिनका भुँडी निचोर्न मन लाग्छ ।
जनताका आधारभूत आवश्यकताका बिषयमा सरकारका कुनै पनि निकायहरुले अहिले बोल्ने गरेको पाईँदैन । नेतालाई जनता पाँच बर्षमा एक दिन चाहिने हो त्यसपछि जनताको केही पनि काम छैन । अब नेता भनेका जनताका प्रतिनिधि हैनन् । उनिहरु त टिकट किनेर नाफा कमाउने सच्चा व्यापारी हुन । चुनावमा टिकट किन्छन् जनताले तिनै भाडाका टट्टुहरुलाई भोट दिन्छन् । चुनावका दिन जनताले पनि मज्जाले मासु र भात खान्छन् ।
नेपालमा रहेका राजनैतिक दलहरु र यसमा आबद्ध नेता भनाउँदा देश लुटेराहरुको जमातको यस बिषयमा छिट्टै कुरा मिल्ने गरेको छ । माहाकाली नदी बेच्दा होस् या टनकपुर संझौता गर्दा होस्, कोशी उच्च बाँधमा होस् या सिमानाका पिल्लर ढल्दा होस्, कालापानी सुक्दा होस् या लिम्पियाधुरा झुक्दा होस्, सुस्ता रुँदा होस् या विदेशीको गोडा धुँदा होस् यिनिहरुको बोलीमा कुनै तात्विक अन्तर देखिँदैन । विदेशी प्रभूका अगाडी लम्पसार पर्ने नेपाली राजनैतिक नेतृत्वको महानतालाई विस्तारै नेपाली जनताले बुझदै गएका छन् ।
बिस्तारै बिकल्पको खोजी हुन थालेको छ । केही भ्रष्ट नेताका कारण दलभित्र रहेर ईमान्दारिताका साथ काम गरिरहेका ईमान्दार कार्यकर्ताहरुको पनि मन दुखेको छ । जनताका काममा अहोरात्र खटिरहेका नेताहरुको समेत नेताका यस्ता कर्तुतहरुले ओठ तालु सुकेको छ ।
दलगत राजनैतिक व्यवस्था बिस्तारै धरासायी बन्दै गैरहेको छ, अब त चुनावमा पनि व्यक्तिले नेतासँग टिकट किन्नु पर्छ । ईमान्दार भएर पार्टी संगठनमा काम गरिरहेका कार्यकर्ताहरुले अब कुम्लो कुटुरो बोकेर मुग्लान हिँडनु पर्छ । जनताका आधारभूत आवश्यकताका बिषयमा सरकारका कुनै पनि निकायहरुले अहिले बोल्ने गरेको पाईँदैन । नेतालाई जनता पाँच बर्षमा एक दिन चाहिने हो त्यसपछि जनताको केही पनि काम छैन । अब नेता भनेका जनताका प्रतिनिधि हैनन् । उनिहरु त टिकट किनेर नाफा कमाउने सच्चा व्यापारी हुन । चुनावमा टिकट किन्छन् जनताले तिनै भाडाका टट्टुहरुलाई भोट दिन्छन् । चुनावका दिन जनताले पनि मज्जाले मासु र भात खान्छन् ।
नागरिकको उन्नति र प्रगतिको लागि न त कुनै नयाँ सोच छ ? नत कुनै नयाँ योजना ? छ त खाली खोक्रो भाषण, नाटक र मनोरञ्जन । जनताले बनाएका लाखौं योजनाका ठेलीहरु कुन दराजमा थन्किएका छन् ? जनताको प्रत्यक्ष संलग्नतामा अहिले कुन योजना बनिएका छन् ? फोस्रा आश्वासनका अङ्गुर र अनार खाएर जनता जिल्ल छन् ।
त्यसपछि नेता देश निचोर्न र नेपाल आमालाई चिर्थोर्न राजधानी छिर्छन् । जनता गाउँमा विकास आउला भनेर बाटो कुर्छन् । नेता राजनीति छोडरे ठेक्का पट्टाका काममा लाग्छन्, पैसा कमाउछन् महल ठड्याउँछन् । जनता जिल्ल पर्छन् विकासको सपना देख्दै कल्पनाको लड्डु खान्छन् ।
प्रतिपक्ष दलको त झन कुरै नगरौ, यति निरिह र लाचार छ ह्वाईटबडीको फायल खोल्दिउँ भनेर सरकारले मुख मात्रै बाउँदा मात्रै तिन दिनसम्म मुर्छा पर्छ, भाले सातो हराउँछ । भ्रष्टाचारको बिरोध गर्नसम्म डराउँछ । केही सिमित नागरिकहरु सामाजिक सञ्जालमा र सडक किनारामा सरकार र प्रतिपक्षका क्रियाकलापहरुका बिरुद्धमा कराउँछन् । यसले पनि सरकार र प्रतिपक्षको कुनै रौं पनि हल्लिदैन आफै कराउँछन् लाचार भएर आफै हराउँछन् ।
सरकारसँग नागरिकको उन्नति र प्रगतिको लागि न त कुनै नयाँ सोच छ ? नत कुनै नयाँ योजना ? छ त खाली खोक्रो भाषण, नाटक र मनोरञ्जन । जनताले बनाएका लाखौं योजनाका ठेलीहरु कुन दराजमा थन्किएका छन् ? जनताको प्रत्यक्ष संलग्नतामा अहिले कुन योजना बनिएका छन् ? फोस्रा आश्वासनका अङ्गुर र अनार खाएर जनता जिल्ल छन् ।
उता नेता होली वाईन र हिमालयन व्राण्डमा टिल्ल छ । सोझा सिधा जनता अब त बाटोमा अलकत्रा ओछ्याईने भो भनेर मख्ख छ । यता ठेकेदार पैसो कुम्ल्याउन पाईने कुरामा ढुक्क छ । यस्ता दुई पैसे नौटङ्की त गाउँ शहर र बजारमा छ्याप्छ्याप्ती हेर्न, सुन्न पाईन्छ । यस्ता नौटङ्की त दुई चार जना मान्छे भेला भएका ठाउँमा मुकुन्देले पनि देखाएकै छ । सानो तिनो हाट बजारमा शैलेन्द्रले पनि दुई चार मान्छे हँसाएकै छ ।
कहाँ कहाँबाट अबैध धनराशी हात पार्न सकिन्छ भनेर अध्ययन अनुसन्धान गर्न कार्यकर्ताहरुलाई गोप्य प्रशिक्षण दिन थालिएको छ । ईमान्दारिता भन्ने शब्द नेपाली शब्दकोषबाट फालिएको छ । यस्तै अचाक्लि भएर त होलानी अब बिस्तारै जनतामा प्रतिशोधको भावना पलाउन थालेको छ । यसैको परिणाम त हैन ?? बाल्कोटे सुकुम्बासी बाँदरको घरमा समेत बम हान्न थालिएको छ ।
देशमा दर्बिलो मियोको अभावमा अहिले छाडातन्त्र हाबी भएको छ । जनताको अभिमतलाई तिरस्कार गरिएको छ । सिंहदरबार र बालुवाटार भ्रष्टहरुको गिरोहले भरिएको छ । जनता अन्यायमा परिरहेका छन् । गुण्डाहरुले नेताको आडमा आप्mना गोजी भरिरहेका छन् । मुलुक झन झन अधोगति तर्फ गैरहेको छ । सेतोलाई कालो र कालोलाई सेतो बनाउमा माहिर नेपालका भ्रष्ट नेताहरुको नाँक भन्दा शिवरात्रिमा आउने जोगिहरुको चाक सफा देख्न थालिएको छ ।
पहिला–पहिला घरको रखवाला गर्न कुकुर पाल्ने चलन थियो अहिले नेताका घर–घरमा भ्रष्टाचारीहरु पाल्न थालिएको छ । ईमान्दार कार्यकर्ता पार्टीबाट फाल्न थालिएको छ । कहाँ कहाँबाट अबैध धनराशी हात पार्न सकिन्छ भनेर अध्ययन अनुसन्धान गर्न कार्यकर्ताहरुलाई गोप्य प्रशिक्षण दिन थालिएको छ । ईमान्दारिता भन्ने शब्द नेपाली शब्दकोषबाट फालिएको छ । यस्तै अचाक्लि भएर त होलानी अब बिस्तारै जनतामा प्रतिशोधको भावना पलाउन थालेको छ । यसैको परिणाम त हैन ?? बाल्कोटे सुकुम्बासी बाँदरको घरमा समेत बम हान्न थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट
बैशाख २०, २०८१ बिहिबार
साउदीमा महिला फिटनेश प्रशिक्षकलाई ११ वर्षको जेल सजाय
बैशाख २०, २०८१ बिहिबार
रारा ताल परिसरमा चर्दै गरेका भेडा
बैशाख २०, २०८१ बिहिबार
बुधबारदेखि ठोरी छोटी भन्सार पुनः सञ्चालनमा
बैशाख २०, २०८१ बिहिबार
आयोगले राष्ट्रपतिलाई बुझायो इलाम र बझाङमा भएको उपनिर्वाचनको प्रतिवेदन
बैशाख २०, २०८१ बिहिबार