सङ्क्रमण रोकथामका लागि सामुदायिक विद्यालयमा अस्थायी क्वारेन्टाइन
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १४:३१:३४
१४ चैत्र, राँझा । कोभिड–१९को केका स्थानीय तहले गाउँगाउँमा क्वारेन्टाइन तयार गरेका छन् । स्थानीय तहले सामुदायिक विद्यालयलाई अस्थायी क्वारेन्टाइनका रुपमा तयार गरेर कोरोना भाइरसविरुद्धको पूर्वतयारी र सजगता अपनाएका छन् ।
बैजनाथ गाउँपालिकाले आठवटै वडामा क्वारेन्टाइनका रुपमा विद्यालयलाई प्रयोग गर्ने गरी तयारी गरिएको अध्यक्ष मानबहादुर रुचालले बताए। कोरोना भाइरसको सङ्क्रमणको पूर्वतयारीस्वरुप क्वारेन्टाइनका लागि गाउँपालिकाको वडा नं १ देखि ८ मा रहेका विद्यालय प्रयोग गर्ने गरी तयार गरिएको उनले जानकारी दिए ।
उनका अनुसार, कोरोना भाइरस सङ्क्रमित शङ्कास्पद बिरामी आएमा तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न वडा नं १ को सूर्योदय मावि चिसापानी, २ को जनता आदर्श मावि डिगिया, ३ को सरस्वती मावि बैरहवा र ४ को बिपी मेमोरियल मावि बानियाभारलाई प्रयोग गरिनेछ । त्यसैगरी वडा नं ५ को प्रभात मावि जीगाउँ, ६ को आधारभूत मावि सम्झना, ७ को नेरा मावि पेडारी र वडा नं ८ को स्वास्थ्य चौकी टिटिहिरियामा क्वारेन्टाइन तयार गरिएको गाउँपालिका अध्यक्ष रुचालले जानकारी दिए ।
खजुरा गाउँपालिकाले बजारक्षेत्रमा ज्ञानोदय मावि, सीतापुर र राधापुर क्षेत्रलाई समेट्ने गरी मैटहवा माविमा क्वारेन्टाइन तयार गरिएको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । नरैनापुर गाउँपालिकाले वडा नं ४ खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई क्वारेन्टाइन केन्द्र बनाउने निर्णय गरिएको अध्यक्ष इश्तियाक अहमद साहले बताए । अहिलेलाई १० श्ययाको क्वारेन्टाइन बनाउने तयारी गरिएको जानकारी दिँदै आवश्यकतानुसार अन्य स्थानमा पनि क्वारेन्टाइन बनाउन सकिने उनले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन सञ्चालन गरी शङ्कास्पद बिरामीसमेत राख्न शुरू गरिसकेको छ । कोभिड–१९ सङ्क्रमित किशोरीसँगै हवाईयात्रा गरेका बाँकेका तीनसहित विदेशबाट फर्किएका पाँच गरी आठ जनालाई उक्त क्वारेन्टाइनमा राखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार