बाहिरबाट वालिङ आउनेलाई क्वारेन्टाईनमा राखिने
नेपालबहस संवाददाता
चैत १५, २०७६ आइतबार १:३२:५५
१५ चैत्र, स्याङ्जा । सरकारले मुलुकलाई लकडाउन गरेको आज पाँचौ दिन । एक साताका लागि गरेको लकडाउन पाँचौ दिनसम्म आईपुग्दा स्याङ्जाका प्रशासन, स्थानीय निकाय, राजनीतिक दल, सामाजिक संघसंस्थाले दैनिक चासो देखाउन थालेका छन् ।
विश्वलाई च्यालेन्ज गरेको कोरोना भाइरसले नेपाललाई पनि उच्च जोखिममा देखाउन थालेपछि सरकारले यसबाट बच्न र बचाउन लकडाउन गरेको हो । यसलाई मध्यनजर गर्दै वालिङ नगरपालिकाले पनि नगरभित्र रहेका सबै सरोकारवाल निकायसँग यसबाट सचेत रहन के के गर्नुपर्ला भन्ने विषयमा अन्र्तरक्रिया गरेको छ ।
वालिङ नगर प्रमुख दीलिपप्रताप खाँणको अध्यक्षता बसेको इलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय, सशस्त्र प्रहरी, वालिङ उद्योग वाणिज्य संघ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, स्वास्थ्यकर्मी, संचारकर्मी, समाजसेवी लगायत सामाजिक अगुवाहरुलाई बोलाएर कोरोनाको संक्रमणलाई रोक्न के कस्ता पहलकदमी चाल्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरेको हो ।
नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले अहिलेसम्मको अवस्था ठिक भएपनि अबका दिनका लागि अझै सचेत गराउन सबै नगरवासीलाई सचेतना फैलाउनु पर्ने सुझाव पेश गरेका थिए । अहिलेसम्म वालिङ नगरपालिकामा बाहिरी देशबाट आएका ८३ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ । क्वारेन्टाईनमा राखिएकाको निगरानीसँगै उनीहरुको सम्मानमा आँच नआउने खालको काम गर्न पनि भेलाले सुझाव दिएको छ ।
चौथो कोरोना भाइरस देखिएको कैलालीलाई मध्यनजर गर्दै भेलाले अब वालिङ आउने व्यक्तिलाई क्वारेन्टाईनमा राख्न आग्रह गरिएको छ । अन्तरक्रियामा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, नेकपाका वालिङ नगर कमिटी सचिव रमेश अर्याल, नेपाली कांग्रेसका नगर कार्यवहाक सभापति भीमलाल सुवेदी, वडा प्रहरी कार्यालयका प्रमुख निरन्जन घिमिरे लगायतका वक्ताहरुले दैनिक उपभोग्य सामानको अभाव हुन नदिन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई सुरक्षित सामाग्रीको उपलव्धता, शहर भन्दा ग्रामिण क्षेत्रमा जनताको असुरक्षा, सबै नागरिकलाई दुरी कम गर्ने सचेतना जस्ता बिषयमा ध्यान दिनुपर्ने लगायतका सुझावहरु आएका थिए । जनतालाई सुरक्षित बनाउन प्रशासनले विभिन्न उपाय अवलम्वन गरेको छ, इलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्माले भने,“प्रशासनले दिएको सुझावलाई जनताले कार्यन्वयन गर्नुपर्छ ।” सबै नागरिकको समस्यालाई बुझेर सोही अनुसार आवागमनको व्यवस्था मिलाएका छौ, उनले भने ।
सामान्य ज्वरो, रुघाखोकीका बिरामीलाई स्वास्थ्यकर्मीले चेकजाँच गर्न नमान्ने, एम्वुलेन्सले बिरामी बोक्न नमान्ने समस्यालाई समाधान गर्ने बाटो तय गर्न सबै जानप्रतिनिधिहरुले सुझाएका छन् । भेलाबाट आएको निष्कर्षसहित नगरपालिकाले १० वटा निर्णय गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, जनप्रतिनिधि लगायतलाई सुरक्षाका लागि पीपीई दिने, सबै नगरपालिकालाई सुरक्षित गर्न किट छर्कने, जसको खरिदका लागि कोष खडा गर्ने, मजदुरी गरेर खानेहरुका लागि खानाको व्यवस्था लगायतका निर्णय गरिएको वालिङ नगर प्रमुख दीलिपप्रताप खाँणले बताए । नगरपालिकालाई सुरक्षित राख्न अझै कडा लकडाउन गर्ने अवस्थामा जाने प्रयासमा छौं, नगर प्रमुख खाँणले भने,“ कुनै नागरिकले अटेरी गर्ने, घरबाट बाहिर हिड्ने जस्ता क्रियाकलाप गरेका सिधै क्वरेन्टाईनमा राख्नेछौं ।” सबै नगरबासीले यस्तो संक्रमणबाट जोगाउन र जोगिन सहयोग गर्न आग्रह गर्दछु, उनले भने ।
वालिङ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा भने अहिलेसम्म कसैलाई राखिएको छैन । बाहिरबाट आउनेहरुलाई होम क्वारेन्टाईनमै बस्न अनुरोध गरि घरमै राखिने व्यवस्था मिलाइएको छ । सबै नगरबासीको समस्यामा नगरपालिका सधै साथमा रहने उपप्रमुख कल्पना तिवारीले बताईन । नगरपालिकालाई सघाउन र सुझाव दिन तिवारीले सबैलाई आग्रह गरिन् । अहिलेसम्म होम क्वारेन्टाईन, क्वारेन्टाईन र सेल्फ क्वारेन्टाईनमा गरी स्याङ्जामा ४६६ जनालाई राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
कुसुम भट्टराई
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार
एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत
जेठ ३, २०८१ बिहिबार
सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक भोली १ बजेसम्म स्थगित
जेठ ३, २०८१ बिहिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार