अन्तर्राष्ट्रिय उडान बैशाख ३ सम्म स्थगित, अलपत्र नेपालीलाई देश छिर्ने अनुमति
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार २२:३२:४१
१६ चैत्र, काठमाडौं । कोरोना भाइरस रोकथामसम्बन्धी गठित उच्चस्तरीय समितिले भारतका विभिन्न स्थानबाट आई सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई देशभित्र पस्न अनुमति दिन सरकार समक्ष सिफारिश गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हठात् लकडाउनको आदेश जारी गरिदिँदा विभिन्न स्थानबाट नेपाल आउन लागेका यात्रु अलपत्र परेका थिए । पछि स्थानीय प्रशासनको पहलमा उनीहरुलाई सीमावर्ती क्षेत्रमा ल्याइएपनि नेपाली सुरक्षाकर्मीले प्रवेश गर्न दिएका छैनन् ।
नेपाली भएको यथेष्ट प्रमाण भएकालाई प्रवेश दिन सिफारिश गर्दै समितिले यसरी प्रवेश गर्नेहरुलाई स्थानीय निकायले अनिवार्य रुपमा क्वारेण्टाइनमा बसाउनु पर्ने निर्णय गरेको छ । यस्तै सोही बैठकले नेपाल आउने अन्तर्राष्ट्रिय उडान आगामी बैशाख ३ गतेसम्मका लागि रोक लगाउने निर्णय गरेको छ । यसअघि चैत १८ गतेसम्मका लागि यस्ता उडान रोक्ने सरकारी निर्णय थियो ।
उच्चस्तरीय समितिले गरेका सिफारिशलाई अहिले बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने तयारी छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने तयारी भइरहेको छ । मन्त्रिपरिषद बैठकले चैत २५ गतेसम्मलाई लकडाउन समेत बढाउने निर्णय गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
रामेछापका लागि उडेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण
बैशाख १७, २०८१ सोमबार
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, २०८१ सोमबार
अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
बैशाख १७, २०८१ सोमबार
नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
बैशाख १७, २०८१ सोमबार
बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
बैशाख १७, २०८१ सोमबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार