अब अति भो लकडाउन
नेपालबहस संवाददाता
जेठ १९, २०७७ सोमबार १८:२८:५७
सम्पादकीय
नेपालमा लकडाउन शुरु भएको आज ७० औं दिन हो । चैत ११ गतेपछि थालिएको लकडाउन यतिलामो जाला भन्ने अनुमान कसैले गरेका थिएनन् । यो निर्णय गर्ने अधिकारवाला स्वयं प्रधानमन्त्री केपी ओलीले समेत यसको कल्पना गरेका थिएनन् । तर परिस्थिति यसरी विकसित भइदियो कि ओली निरन्तर लकडाउन थप्न बाध्य भएका छन् । यही जेठको ३२ गतेसम्मलाई अहिले लोकडाउन थपिएको छ । तर परिस्थिति फेरिएन भने यो असार पूरै जानसक्ने देखिन्छ । यसको मुख्यकारण चाहिं ओलीको राजनीतिक भविष्यसँग जोडिएकाले नै हो ।
केही अघिसम्म आक्रमक अवस्थामा रहेका ओली यतिखेर प्रतिरक्षात्मक भूमिकामा धकेलिएका छन् । कोरोना संक्रमण नभएको थियो भने ओली उहिल्यै भूतपूर्व प्रधानमन्त्री भइसक्थे । त्यसैले उनी चाहन्छन्– राजनीतिक परिस्थिति अनुकुल बनोस् । यसका लागि उनी लकडाउनको बिकल्प देख्दैनन् । लकडाउन नहुने वित्तिकै उनको सत्ता धर्मराउने अवस्थामा छ । जसरी भएपनि राजनीतिक रुपमा सुरक्षित नभएसम्म लकडाउनको बिकल्पमा सोच्नसम्म उनी तयार छैनन् ।
बिना विकल्प लकडाउन मात्रै गरिरहँदा अन्य रोग र भोकले मानिस मर्न थालेका छन् । यही अवधिमा धेरैले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएका छन् । पछिल्लो अध्ययनले दैनिक १७ जनाले आत्महत्या गरेको तथ्याङ्क आएकोछ । अभाव र निराशाले आत्महत्याको ग्राफ उकालो लागिरहेको छ । तर सरकार भने त्यो वर्ग र समुदायप्रति रत्तिभर संवेदनशील देखिएन । आफ्नो अर्कमण्यतालाई लकडाउनको ढाल ओढाइरहेको छ ।
आम जनता भने अब लकडाउनप्रति सकारात्मक छैनन् । गरिखाने वर्गका लागि लकडाउन अभिशाप बन्न थालेको छ । रोगले भन्दा भोकले मरिने भयो भन्नेहरु धेरै भेट्टिन थालेका छन् । भोलि २० गतेसम्म त सहन्छौं, २१ बाट लकडाउनको उल्लघंन गर्छौं भन्ने धेरै मानिस छन् । सायद त्यही बुझेर हुनसक्छ ओलीले पछिल्लो पटक लकडाउनको म्याद बढाउँदै गर्दा सेनासमेत परिचालन गर्ने निर्णय गरेका छन् । गृह मन्त्रालय लकडाउन पालना गराउन बिफल भएको ओलीले धेरैपटक गुनासो गरिसकेका छन् । जसले गर्दा उनी रक्षा मन्त्रालय प्रयोग गरेर भएपनि लकडाउन कसिलो बनाउन कस्सिएका छन् । जबकी छिमेकी भारतलगायत अन्य देशले चाहिं अब जनजीवन सामान्य पार्न लकडाउन खुकुलो बनाइसकेका छन् ।
लकडाउन के का लागि भन्ने प्रश्नको उत्तर नै छैन सरकारसँग । जति कसिलो लकडाउन बनाइन खोजिंदै छ, त्यति नै संक्रमण फैलिरहेको छ । मृतक संख्या पनि त्यही अनुपातमा बढ्दो छ । यो अवस्थालाई निष्प्रभावी बनाउन सरकारी संयन्त्र चुकिसकेको छ । यो अवधिमा लकडाउनले यो चाहिं फाइदा पुग्यो भनेर ओली सरकारले जनतालाई आश्वस्त पार्न सक्ने अवस्था छैन । बिना विकल्प लकडाउन मात्रै गरिरहँदा अन्य रोग र भोकले मानिस मर्न थालेका छन् । यही अवधिमा धेरैले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएका छन् । पछिल्लो अध्ययनले दैनिक १७ जनाले आत्महत्या गरेको तथ्याङ्क आएकोछ । अभाव र निराशाले आत्महत्याको ग्राफ उकालो लागिरहेको छ । तर सरकार भने त्यो वर्ग र समुदायप्रति रत्तिभर संवेदनशील देखिएन । आफ्नो अर्कमण्यतालाई लकडाउनको ढाल ओढाइरहेको छ ।
२ प्रतिशत भनेको झण्डै ६ लाखको परीक्षण गनुपर्छ । अहिलेसम्म मुश्किलले डेढ लाखको परीक्षण भएको छ, त्यसमा पनि आरडीटी एकलाख जति । जबसम्म पीसीआर परीक्षण हुँदैन, तबसम्म सही परिणाम आउँदैन । त्यो काम नगरी केवल लकडाउनमै अल्झनु भनेको सत्ता राजनीति नै हो भनेर बुझ्नुपर्ने हुन्छ ।
लकडाउनलाई यही स्वरुपमा कहिलेसम्म लम्ब्याउने ? सरकारले यसको भरपर्दाे र जनतालाई आश्वस्त पार्ने उत्तर दिनुपर्छ । विज्ञहरु भन्छन्– कोरोना संक्रमण लामै चल्छ । जबसम्म यसविरुद्ध खोप तयार हुँदैन, तबसम्म मानिसले कोरोनासँग लडिरहनुको विकल्प छैन । त्यसो हो भने हामी पनि त्यही दिशातर्फ अग्रसर हुनुको बिकल्प छैन । लकडाउनको ढाँचा बदलेर जानैपर्छ । सधैं ओलीको राजनीतिक संकटमोचनको अस्त्रका रुपमा लकडाउनको दुरुपयोग गरिनु हुँदैन । यसका लागि कोरोना रोकथाम उच्चस्तरीय समिति र अन्य सरोकारवाला पक्षले बिकल्प सुझाउनै पर्छ । निश्चय पनि कोरोना संक्रमण बढ्दो छ, त्यसैले अवस्था सहज भइसकेको अर्थमा नबुझौं । तर बिकल्प दिइएन भने अझै भयावह अवस्था आउनेतर्फ पनि सजग बनौं ।
लकडाउन शुरुभएयता कति नेपाली भारतबाट भित्रिए ? लाखौं । यसरी आएकाहरुको स्वास्थ्य परीक्षण भने गरिएन । आएका नेपालीका लागि राम्रो र व्यवस्थित क्वारेण्निको प्रबन्ध मिलाइएन । त्यसैले अवस्था भयावह बन्यो, बन्दै छ । क्वारेन्नटाइमा बस्नु भनेको कोरोनालाई आमन्त्रण गर्नु जस्तो भयो । दिनहुँ सयौंको संख्यामा संक्रमित थपिंदैछन् । संक्रमणको फैलावट हेर्दा लाग्छ, परीक्षणको दायरा अझै फराकिलो बनाइनुपर्छ । तर त्यसका लागि सरकारले पर्याप्त कीट उपलव्ध गराएको छैन । त्यसैले अहिलेसम्म मृत्यु हुनेहरुमा कोरोना पुष्टि पछाडि मात्रै भइरहेको छ ।
प्रधानमन्त्री ओलीले दुई प्रतिशत जनताको परीक्षण गर्ने भाषण त ठोके । तर त्यसका लागि चाहिने कीट भने ल्याइएको छैन । २ प्रतिशत भनेको झण्डै ६ लाखको परीक्षण गनुपर्छ । अहिलेसम्म मुश्किलले डेढ लाखको परीक्षण भएको छ, त्यसमा पनि आरडीटी एकलाख जति । जबसम्म पीसीआर परीक्षण हुँदैन, तबसम्म सही परिणाम आउँदैन । त्यो काम नगरी केवल लकडाउनमै अल्झनु भनेको सत्ता राजनीति नै हो भनेर बुझ्नुपर्ने हुन्छ ।
यही ढाँचाको लकडाउनको निरन्तरताले देशको अर्थतन्त्र तहसनहस हुने विज्ञहरुको बुझाई छ । आर्थिक जीवनलाई चलायमान बनाउने हो भने अब लकडाउनको विकल्प दिनै पर्छ । लकडाउन गरेर सरकार चूपचाप बस्ने हो भने देश नयाँ द्वन्द्वमा फस्न सक्छ । विस्तारै लकडाउन उल्लघंन गर्नेहरुको संख्या बढ्न सक्छ । लुटपाट र चोरी चकारीका घटनामा बढोत्तरी हुने निश्चित छ । त्यसैले पर्सिबाटै नयाँ ढाँचाको लकडाउन शुरु गर्नु उचित हुनेछ । कोरोनाको जोखिमका आधारमा क्षेत्रगत रुपमा लकडाउन कसिलो वा खुकुलो बनाउने नीति लिइनुपर्छ । साथै, बढी जोखिम भएका स्थानमा कन्ट्याक्ट टे«सिङ बढाइनुपर्छ । साथै, विस्तारै कोरोनासँग संघर्ष गर्दे जनजीवन सामान्य बनाउनेतर्फ अग्रसर हुनैपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
नक्कली लाइसेन्स प्रकरण: अरोपी छुटाउन प्रधानमन्त्री कार्यालयकै कर्मचारीको सक्रियता
बैशाख १८, २०८१ मंगलबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार