लकडाउनको अवज्ञा गर्ने तयारी
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार १६:२९:५६
सम्पादकीय
कोरोना भाइरस संक्रमणले तहसनहस बनेको संंसार विस्तारै सामान्यतर्फ उन्मुख हुँदैछ । महामारी सकिएर हैन, बरु यथाअवस्थामा अगाडि बढ्नुको विकल्प नभएर जनजीवन खुकुलो बन्दैछ । भाइरसविरुद्ध लड्ने ओखतीमूलो पत्ता नलाग्दा लकडाउन नै सर्बाेत्तम उपाय मानियो । संसार भरि नै यो विधि अपनाइयो ।
लकडाउनका बेला धेरै देशले कोरोनाविरुद्ध लड्ने बिकल्प तयार गरे । चाहे औषधि होस् वा पीपीई सबै चीजको जोहो यसै अवधिमा धेरै भयो । संक्रमण नफैलियोस् भनेर बढी भन्दा बढी परीक्षण गरियो । त्यसैले छिमेकी भारतमा संक्रमितको संख्यामा बढोत्तरी भएको छ । तर, नेपालमा भने त्यो कुनै काम भएन । केवल लकडाउनको विकल्पमा केपी ओली नेतृत्वको सरकारले लकडाउन मात्रै देख्यो । सबैले जनजीवन सामान्य बनाई सके । तर ओली भने लकडाउन अझै कडा बनाउने ध्याउन्नमा छन् । फलतः आजबाट फेरि जेठ ३२ गतेसम्मका लागि थपिएको छ लकडाउन ।
भारतबाट दिनहुँ नेपाल भित्रनेको संख्या बढिरहेको छ । यसरी आएका अधिकांशमा कोरोना संक्रमण पत्ता लागेको छ । तिनलाई व्यवस्थित रुपमा राख्न नसक्दा क्वारेण्टाइनमा बस्ने सबै संक्रमित हुने अवस्था छ । भेडाबाख्रा जस्तो गरी गोठमा बस्न बाध्य बनाइएका छन् नागरिक । तर राज्यको चरम दोहन गर्न लाइसेन्स प्राप्त ओली सरकारका आसेपासे भने यही मौका हो भन्दै चरम अनियमितता गर्न उद्यत् छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई यही महामारीका बेला करोडौं पर्ने गलैंचा फेर्नुपरेको छ । सत्ताको डाडुपुन्यु हात पारेका मन्त्रीहरुलाई पनि अहिले नै आधुनिक जीमखाना चाहिएकोछ ।
विना तयारी लकडाउन थपिइरहँदा मानिसमा निराशा र विद्रोही भावको विकास भएको छ । आजबाट लकडाउनको अवज्ञा गर्ने भन्दै धेरै उधाेगी व्यावसायी आन्दोलित भएका छन् । ओली सरकारलाई कसैको समस्यासँग कुनै मतलब रहेन । बरु लकडाउनकै बीच उद्योगी व्यावसायीलाई कर चाहियो भनेर करकर–करकर गर्न थालेका छन् । उनीहरुलाई कर बुझाउन चेतावनी दिइरहेको छ । जेठ २५ भित्र कर दाखिला गर्न उर्दी जारी भएको छ । एकातिर लकडाउन अर्कातिर कर दाखिलाको फर्मान, आफैंमा दोहरो चरित्र हो । व्यावसाय गर्न प्रतिबन्ध लगाएर कर माग्नु भनेको एककिसिमको महाअपराध नै हो ।
लकडाउनले गर्दा निम्न वर्गका मजदूर र ज्यालादारी गरी खानेको के हालत भयो ? यसबारे सोच्ने फूर्सद ओलीलाई छैन । लकडाउन सुरु हुने वित्तिकै सरकारी कोषको दुरुपयोग गरी अरिंगाल पोस्ने गरी वितरित राहतको कुनै औचित्य देखिएन । यसबापत एक अर्ब रुपैयाँ स्वाहा पारिएछ । वास्तविक पीडितले त्यतिखेर पनि राहत पाएनन् । तीन महिनासम्म बिना काम कसरी ती मजदुरको भान्सा चलेको होला ? खास राहत वितरण गर्नुपर्ने बेला चाहिं अहिले हो । खान नपाएर भोकभोकै सडकमा मृत भेटिएका भरियाका आँसुले पोल्दैन ओलीका अरिंगाललाई । बरु यही बहानामा सत्ता लम्ब्याउने घृणित खेल भने भइरहेको छ । विना उद्येश्य लकडाउन थपिने क्रम जारी रहेपछि नागरिकले ओलीको सत्ता राजनीतिसँग जोडेर हेर्न थालेका छन् ।
भारतबाट दिनहुँ नेपाल भित्रनेको संख्या बढिरहेको छ । यसरी आएका अधिकांशमा कोरोना संक्रमण पत्ता लागेको छ । तिनलाई व्यवस्थित रुपमा राख्न नसक्दा क्वारेण्टाइनमा बस्ने सबै संक्रमित हुने अवस्था छ । भेडाबाख्रा जस्तो गरी गोठमा बस्न बाध्य बनाइएका छन् नागरिक । तर राज्यको चरम दोहन गर्न लाइसेन्स प्राप्त ओली सरकारका आसेपासे भने यही मौका हो भन्दै चरम अनियमितता गर्न उद्यत् छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई यही महामारीका बेला करोडौं पर्ने गलैंचा फेर्नु परेको छ । सत्ताको डाडुपुन्यु हात पारेका मन्त्रीहरुलाई पनि अहिले नै आधुनिक जीमखाना चाहिएको छ । मानी लिउँ, यो लकडाउनमा उनीहरु सिक्स प्याक बनाउने गरी जीमखानामा व्यायाम गर्न चाहन्छन् ।
नेपाली जनताले राम्रैसँग बुझिसके की ओली सरकार आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न मात्रै लकडाउनको अस्त्रको दुरुपयोग गर्दैछ । न्यून आय भएकाहरुलाई घरमा थुनेर आफू चाहिं सत्ताको राजनीति गर्ने भन्ने आक्रोश धेरैका पैदा भइसकेको छ । त्यसैले पनि अब ओली सरकारले लकडाउन खुकुलो नपारी सुखै छैन । हिजै मात्र कोरोनाभाइरस नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिले निजी क्षेत्रसँग यसबारे छलफल गरेकोछ । सहभागी सबैले लकडाउनको विकल्प नदिने हो भने अब अवज्ञा हुने चेतावनी दिइसकेका छन् ।
यतिले नपुगेर कर्णाली प्रदेशका सभामुखलाई कोरोना संक्रमणकै मौकामा पौने दुई करोडको गाडी चढ्ने शौख पलाएको छ । गाडी ल्याइसकेका छन् । तर नागरिकलाई भने भैंसी गोठमा क्वारेण्टाइन गर्न हच्किएका छैनन् । सत्तामा पुगेकालाई सबै छुट छ । नागरिकप्रतिको जिम्मेवारी उनीहरुले वहन गर्ने होइन । ओलीका विश्वासप्राप्त सबैलाई यसखाले छुट प्राप्त छ । नागरिकलाई थुनेर मौनमौजी गर्ने लाइसेन्स जो पाएका छन् ओलीका अरिंगालले । कोरोना संक्रमण नभएकाहरु पनि संक्रमितसँग लसपस हुनुपरेको छ क्वारेण्टाइनमा । सबैको पीसीआर गर्न सके संक्रमित चाहिं आइसोलेसनमा पठाउन सजिलो हुन्थ्यो । तर ओली सरकार त्यो गर्न तयार छैन । परीक्षणको दायरा बढाउनुपर्छ भन्ने आवाज उठ्दा ओली सरकार कानमा तेल हालेर बसेको छ । जसले गर्दा सबै भेडाबख्रा जस्तो एउटै गोठमा बस्दा स्वभाविक रुपमा संक्रमण फैलिएको छ ।
अब नेपाली जनताले राम्रैसँग बुझिसके की ओली सरकार आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न मात्रै लकडाउन अस्त्रको दुरुपयोग गर्दैछ । न्यून आय भएकाहरुलाई घरमा थुनेर आफू चाहिं सत्ताको राजनीति गर्ने भन्ने आक्रोश धेरैका मनमा पैदा भइसकेको छ । त्यसैले पनि अब ओली सरकारले लकडाउन खुकुलो नपारी सुखै छैन । हिजै मात्र कोरोनाभाइरस नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिले निजी क्षेत्रसँग यसबारे छलफल गरेको छ । सहभागी सबैले लकडाउनको विकल्प नदिने हो भने अब अवज्ञा हुने चेतावनी दिइसकेका छन् । यही रुपमा लकडाउन लामो जान नसक्ने सबैको राय थियो ।
त्यसैले ओली सरकारमाथि बिकल्प दिन दरो दवाव परेको छ । तर सत्ता राजनीतिले नयाँ कोर्ष नलिएसम्म ओली मनस्थिति फेरिनेवाला देखिएको छैन । यसका लागि केही दिन मात्रै कुर्दा अब भने निष्कर्ष दिनैपर्ने बाध्यता आइपरेकोछ । जनभावना विपरीत अझै हिंड्ने हो भने केही दिन भित्रै राजधानीलगायत देशका धेरै ठाउँमा नारा जुलुस हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
नक्कली लाइसेन्स प्रकरण: अरोपी छुटाउन प्रधानमन्त्री कार्यालयकै कर्मचारीको सक्रियता
बैशाख १८, २०८१ मंगलबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार