विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दै
नेपालबहस संवाददाता
जेठ २५, २०७७ आइतबार १५:२५:५८
२५ जेठ, बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको हो ।
विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम पुनरावलोकनका साथै नयाँ ज्ञान दिलाउन अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनका अनुसार लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्ने भएकाले अनलाइन प्रणालीबाट पठनपाठनको तयारी भएको हो ।
उनले भने, “इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुलाई एकै पटक अनलाइनमार्फत पठनपाठनको तयारी भएको छ ।” यसका लागि विश्वविद्यालयले मातहतका क्याम्पसका प्राध्यापकहरुका लागि अनलाइन तालिमसमेत सञ्चालन गरेको छ । दश दिने उक्त तालिममा विश्वविद्यालयका १४ वटै आङ्गिक क्याम्पस र केन्द्रीय क्याम्पसका प्राध्यापकहरुको सहभागिता छ ।
अनलाइनबाटै सञ्चालन गरिएको तालिममा कसरी पठनपाठन गर्ने, विद्यार्थीहरुको पहुँच कसरी बढाउने, शिक्षण क्रियाकलापलाई अनलाइन माध्यमबाट कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको क्याम्पस प्रमुख अवस्थीको भनाइ छ । विश्वविद्यालयअन्तरगतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको इन्टरनेटमा पहुँच पुर्याउन नेपाल टेलिकम र एनसेलसँग समेत सहकार्य भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिताबी ज्ञानले मात्रै नहुने भन्दै विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै
जेठ २८, २०८१ सोमबार
ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान
जेठ २७, २०८१ आइतबार
भारतको सहयोगमा नवलपरासी (पूर्व)मा विद्यालय भवन निर्माण
जेठ २५, २०८१ शुक्रबार
गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालबीच खटपट
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार
नैतिकता पचाएका देउवा , दाहाल र रवि : विकृत राजनीतिका महारथी
कुसुम भट्टराई
जेठ २६, २०८१ शनिबार
केदारनाथ धाममा मासु पकाएको आरोपमा एक जना नेपाली पक्राउ
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार
गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालबीच खटपट
जेठ २७, २०८१ आइतबार
केदारनाथ धाममा मासु पकाएको आरोपमा एक जना नेपाली पक्राउ
जेठ २७, २०८१ आइतबार
सुरक्षा बैठकलाई चुनौती दिँदै सुनसरीबाट व्यापक तस्करी
जेठ २७, २०८१ आइतबार
जीवनका कथैकथा जोडिएका ‘यादहरु’
जेठ २८, २०८१ सोमबार
चैते धान भित्र्याउने चटारो
जेठ २८, २०८१ सोमबार
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न
जेठ २८, २०८१ सोमबार
आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
जेठ २८, २०८१ सोमबार