कौसीखेतीलाई प्रोत्साहन : विषादीरहित तरकारी उत्पादन
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार ०:४३:५४
गलकोट । तरकारी उत्पादन वृद्धि गर्ने उद्देश्यले बागलुङ बजारमा कौसीखेती अभियानलाई तीब्र बनाएको छ । बागलुङ नगरपालिकाले कौसीखेतीलाई प्रोत्साहन गरी उत्पादन वृद्धि गर्ने कार्यक्रम शुरु गरेपछि यतिखेर बागलुङ बजारका घरधनीले कौसीखेती अभियानलाई तीब्र बनाएको हो । नगरपालिकाले गत वर्षदेखि वडा नं. १ र २ मा कौसीखेती गर्ने घरधनीलाई प्रोत्साहित गर्दै अनुदानमा मल र बीउ उपलब्ध गराउन थालेको छ ।
बागलुङ नगरपालिक–१ रामरेखा वडा कार्यालयले यो वर्ष कौसीखेतीलाई प्रोत्साहन गरी उत्पादन वृद्धि गर्नका लागि रु। दुई लाख बजेट विनियोजन गरेको छ । कौसीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत सो वडा कार्यालयले घरधनीलाई घर–घरमै पुगेर तरकारीको बीउ वितरण गरेको छ । कौसीमै मौसमी तथा बेमौसमी तरकारी उत्पादन गराएर तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले कौसीखेतीलाई प्रोत्साहन गर्न थालिएको वडाध्यक्ष दुर्गाबहादुर बोहोराले जानकारी दिए । “गत वर्ष पनि कौसीखेती विस्तारका लागि वडा कार्यालयले टोल विकास संस्थामार्फत् झण्डै रु तीन लाख मूल्य बराबरको तरकारीको बीउ, पाइप तथा बिरुवा वितरण गरेका थियौं”, उनले भने, “अहिले वडाका प्रत्येक घर–घरमै पुगेर तरकारीको बीउ वितरण गरिरहेका छौ ।”
वडा कार्यालयले गार्डन जातको सिमी, कोरियन जातको मूला, मार्फ जातको रायो, गोल्डेन जातको बन्दा, चाइनिज जातको धनिया र हाइब्रिड हरियो जातको बोडी वितरण गरेको छ । ग्रामीण क्षेत्रमा खेतबारी बाँझो राख्नु हुँदैन भनेझैँ अहिले शहरी क्षेत्रमा कौसी पनि बाँझो राख्नु हुँदैन भन्ने धारणाको विकास भइरहेको छ । सोही धारणा बमोजिम स्थानीय तहले कौसीखेती प्रवद्र्धनात्मक कार्यक्रम शुरु गरेको बागलुङ नगरपालिका–२ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए।
वडा कार्यालयले यस वर्ष कौसीखेती प्रवद्र्धन तालीम सञ्चालन गर्न रु एक लाख ५० हजार र बीउविजन तथा जैविक मल वितरणका लागि रु चार लाख बजेट विनियोजन गरिएको छ । तर कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीका कारण सो तालीमलाई स्थगन गर्नुपरेको भएपनि जैविक मल तथा बीउविजन वितरण गरिसकेको र केही बिरुवा वितरणको कार्य बाँकी रहेको उनले जानकारी दिए । “नगरको बजार क्षेत्रमा जग्गाको अभाव भएपछि कौसीखेती प्रवद्र्धन कार्यक्रम ल्याएका छौं”, वडाध्यक्ष आचार्यले भने “कम्तिमा घरमा बस्नेलाई कौसीखेतीले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी खान पुगोस् भन्ने मात्रै हो ।”
शहरी क्षेत्रमा पछिल्लो समय कौसी खेती फस्टाउँदै जान थालेको छ । आफ्नो छतमा पलाएको सिमि बोडी, खुर्सानी, धनीयाँ तथा टमाटरले कम्तिमा आफूलाई पुग्ने गरी कौसीखेती गर्दै आएको बागलुङ नगरपालिका–१ रामरेखाका माया शर्माले बताए । घर निर्माण गर्दा सुरक्षित तरिकाले क्यारी निर्माण गरेमा कौसीखेतीका लागि सहज हुने उनको भनाइ छ । महँगोमा विषादीयुक्त तरकारी खरिद गर्न बाध्य बजारवासीलाई कौसीखेती प्रवद्र्धनात्मक कार्यक्रमले तरकारीमा आत्मनिर्भर गराउन धेरथोर सहयोग पु¥याउने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।
प्रमुख पौडेलका अनुसार नगरका १४ वडामध्ये बजार क्षेत्र भएको वडामा कौसीखेतीलाई मध्यनजर गरेपनि अन्य वडामा भने व्यवसायिक तरकारी, सुन्तला, चिया लगायतका खेतीलाई प्राथमिकता दिँदै आएको छ । नगरपालिकाले हरेक वर्ष वडाको सम्भावना हेरी चिया, सुन्तला, लिची तथा अनुदानमा तरकारी खेतीका लागि टनेल समेत वितरण गर्दै आएको बागलुङ नगरपालिका कृषि शाखाले जनाएको छ ।
बजारमा विषादीरहित तरकारी पाउन गाह्रो छ । उपभोक्ताका लागि बजारको तरकारी पैसा खर्च गरेर विषादी खरिद गरेझैँ भएको छ । त्यसैले शहरी क्षेत्रमा कौसीखेतीको अवधारणा भित्रिएको हो । “कोभिड–१९ महामारीमा त कौसी खेती सङ्क्रमणको जोखिमबाट बच्ने उपाय पनि बनेको छ । आफ्नै छतको हरियालीमा रमाउने अवसर दिएको छ, कौसी खेतीले”, नगर प्रमुख पौडेलले भने, “खाली ठाउँमा तरकारी लगाउँदा घरको माहोल आनन्ददायी बनेको छ । बालबच्चाले खेतीबारे जानकारी पनि पाएका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा
बैशाख २३, २०८१ आइतबार
पञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीको विश्वासको मत विवादमा, फेरी अदालत जाँदै कांग्रेस
बैशाख २३, २०८१ आइतबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार