पाल्पामा उत्पादन क्षमताभन्दा बढी वृक्षरोपण
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार २१:४०:३८
पाल्पा । पाल्पा उत्पादन क्षमताभन्दा बढी वृक्षरोपण भएको छ । डिभिजन वन कार्यालय पाल्पा, रामपुर सब डिभिजन वन कार्यालय, विभिन्न पालिकामा भएका नर्सरी, कृषि कार्यालयबाट प्राप्त फलफूल, घाँस तथा जडीबुटीका बिरुवा रोप्नेहरु बढ्दै गएका छन् ।
वन कार्यालय पाल्पामा दुई लाख ५५ हजार बिरुवा उत्पादन क्षमता भए पनि त्यसभन्दा बढी दुई लाख ६४ हजार बिरुवा उत्पादन गरिएको कार्यालय प्रमुख मोहनप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कार्यालयमा उत्पादित ४८ हजार तथा खरीद गरिएको २० हजार अम्रिसोको बिरुवा वितरण गरिएको छ । वातावरण भूसंरक्षण विभागबाट वृक्षरोपण वर्षका रुपमा ४८ हजार बिरुवा उपलब्ध हुने र सबै गरी करीब रु तीन लाखको बिरुवा जिल्लामा वितरण गरिने लक्ष्य कार्यालयको छ । पानी परेको समय करीब ५० प्रतिशत खाली जग्गामा वृक्षरोपण भइसकेको छ ।
पाल्पाका विभिन्न पालिकामा पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यका साथ, कागती, सुन्तला, अम्रिसो, टिमुर, दालचिनी, चिउरी, ओखरलगायत बिरुवाको माग बढी छ । निस्दी गाउँपालिकाको अर्चले र रिब्दीकोट गाउँपालिकामा टिमुर, माथागढी गाउँपालिकामा तेजपात तथा पूर्वखोला गाउँपालिका जल्पामा कागतीको पकेट क्षेत्रका रुपमा विकास गरिँदैछ ।
पाल्पाका तानसेन र रामपुर नगरपालिका तथा तिनाउ, माथागढी र निस्दी गाउँपालिकामा आफ्नै नर्सरीसमेत छन् । निस्दी मित्याल, ज्यामिरे, माथागढीको झडेवा, रिब्दीकोट कचललगायत क्षेत्रमा कबुलियती वन छन् । पाल्पामा प्रदेश नं ५ सरकारको सहयोगमा गत वर्षदेखि सडक सौन्दर्य अभिवृद्धिअन्तर्गत पर्यटकीयस्थल रानीमहल जाने बाटो वरपर वृक्षरोपण गरिएको थियो भने यस वर्ष पर्यटकीय गन्तव्यस्थल रामपुर तालपोखरामा भएको छ ।
खाली जग्गामा पहिरो रोक्न, हरियाली क्षेत्रका रुपमा विकास गर्न, उत्पादन बढाउन तथापशुपालनमा सहज बनाउन पनि समूह तथा व्यक्तिगत तवरबाट डाँलेघाँस, जडीबुटी र फलफूलका बिरुवा लगाउनेहरु छन् । प्रतिबिरुवा रु १० पर्ने र एक हेक्टरमा एक हजार ६ सय बिरुवा रोप्न सकिने कार्यालयका रेञ्जर यमलाल पोखरेल बताउछन् ।
रामपुर सब डिभिजन कार्यालयका प्रमुख मरीचमान लामाले रामपुर १ को खाली जग्गामा चिउरीको बिरुवा रोपेर मौरीपालन थाल्ने योजनाले कृषकले चिउरीको बिरुवा माग गरेको जानकारी दिए । माथागढी गाउँपालिकाका केही स्थानमा पनि टिमुर पकेट क्षेत्रसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यका साथ स्याखु सामुदायिक वन क्षेत्रमा दुई सय कपुर तथा एक हजार तेजपातका बिरुवा रोपिएको माथागढी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीले जानकारी दिए । सहकारीले कागती, टिमुर, लिची, आँप, तेजपातलगायत बिरुवा निःशुल्क उपलब्ध गराउने भएको छ ।
जिल्लामै धेरै काफल उत्पादन हुने माथागढी क्षेत्रमा टिमुरको पकेट क्षेत्रका रुपमा विकास गर्दै केही स्थानमा आँप, सुन्तलालगायत फलफूलका बिरुवासमेत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
गत वर्ष जिल्ला वन कार्यालयबाट करीब रु चार लाखको टिमुरको बिरुवा, पूर्वाधार विकास कोषअन्तर्गत सांसद दलबहादुर रानाबाट सांसद् विकास कोषको रु १० लाख लागतमा ३२ हजार तेजपात, ६ हजार टिमुर, ७५ हजार अम्रिसो र १५ हजार दालचिनीको बिरुवा रोपिएको थियो । एक सय ६० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने योजनानुसार गत वर्ष ७५ हेक्टर क्षेत्रफलमा बिरुवा रोपिएको लेकडाँडा कृषि पशु वन व्यवसायी उत्पादन समितिका अध्यक्ष कृष्ण सुनारीले जानकारी दिए । वन क्षेत्रमा रोपिएका बिरुवाको उत्पादनले धेरै आम्दानी हुने र स्थानीयस्तरमा आर्थिक विकासको बाटो सिर्जना गर्न सकिने सुनारी बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल
बैशाख २३, २०८१ आइतबार
रासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
जिब्रोमा हुने सेतो दाग सबैभन्दा खतरनाक !
बैशाख २२, २०८१ शनिबार
अशोक राई समूहको निवेदन आयोगमा दर्ता, यी हुन् जसपा विभाजन पक्षका ७ सांसद
बैशाख २३, २०८१ आइतबार
प्रकाशको बसन्त फिल्मको टिजर सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापक रिजालको निधन
बैशाख २३, २०८१ आइतबार
फुट्यो जनता समाजवादी पार्टी, ७ जना सांसद बोकेर राई पुगे निर्वाचन आयोग
बैशाख २३, २०८१ आइतबार
पुरुषको औसत आयु ६८.२, महिलाको ७३.८ वर्ष
बैशाख २३, २०८१ आइतबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार