कृषि ऋण ब्याज अनुदान रकम झण्डै पाँच हजार कृषकलाई प्रदान
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार २३:४७:४
◊ धीरुभाइ
सप्तरी । प्रदेश २ भूमी व्यवस्था कृषि सहकारी मन्त्रालयको सहयोगमा बन्दाबन्दी (लकडाउन) प्रभावित चार हजार ८०१ कृषकको कृषि ऋण ब्याज अनुदानको चेक हस्तान्तरण गरेको छ । जिल्ला समन्यव समिति सप्तरी र कृषि ज्ञान केन्द्रले सोमबार आयोजना गरेको एक कार्यक्रममा भूमी व्यवस्था कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले बैकहरुलाई कृषि ऋण ब्याज अनुदानको चेक हस्तान्तरण गरेका छन ।
कोभिड–१९ प्रभाव न्यूनिकरण गर्ने राहत तथा ब्याज अनुदान कार्यक्रम अन्तर्गत कृषि ऋणको ब्याज-राहत तथा व्यवसाय पुर्नस्थापना अनुदानको चेक हस्तान्तरण कार्यक्रममा कृषि बाली, व्यवसाय पुर्नस्थापना तर्फ १४१ कृषि ऋणको २३ लाख २१ हजार २६९ रुपियाँ, पंशुपक्षी तर्फ १६६ कृषकको ९७ लाख ६० हजार ३४० रुपियाँको बैकहरुलाई चेक हस्तान्तरण गरिएको छ ।
त्यसैगरी ब्याज अनुदान तर्फ पाँच लाखसम्म ऋणसम्मको चार हजार ४९४ कृषकको तीन करोड तीन लाख पाँच हजार ९६३ रुपियाँ, पाँच लाखदेखि १५ लाखसम्मको ९२ लाख ६७ लाख २९६ र १५ लाखदेखि ३० लाखसम्मको १४ लाख २७ हजार ८७० रुपियाँको चेक विभिन्न बैक, बित्तीय संस्था, सहकारीलाई प्रदान गरेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले बताए ।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री साहले प्रदेशमा विभिन्न बैक, सहकारी तथा बित्तीय संस्थाहरु मार्फत ८० अरब कृषिमा ऋण लगानी भएको जानकारी दिदै ऋण लगानी अनुपातमा उत्पादन भइ नरहेकोमा चिन्ता व्यक्त गरे । ब्याज अनुदानको लागि प्रदेशमा ८० हजार कृषकले आवेदन गरेको भन्दै उनले यस वर्ष ४० हजार कृषकलाई ब्याज अनुदान रकम पाउने र बाँकीलाई पनि क्रमशः सो रकम प्रदान गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार