बजार अभावमा खुर्सानी व्यवसायी मारमा
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शुक्रबार १९:३४:२०
◊ सुशीला रेग्मी
५ भदौ, रामपुर । बगनासकाली गाउँपालिका १ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका छन । खुर्सानी बेचेर रु दुई लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिए पनि यस पटक बजार भाउ मूल्य नहुँदा लागत सस्तोमा बिक्री गर्नुपरेको उनले गुनासो गरे ।
उनले करिब साढे दुई रोपनी जग्गामा खुर्सानी लगाएका छन । अघिल्लो वर्ष प्रतिकिलो रु ९० देखि १०० मा खुर्सानी बिक्री गरेका पाण्डेयले यस पटक मुस्किलले रु २० देखि रु २५ मा बेच्नु पर्दा कृषकलाई सित्तैमा बेच्नु सरह जस्तै भएको बताउछन । “खुर्सानीका बोट र उत्पादन राम्रै थियो, बजारमा बिक्री गर्न खोज्दा अघिल्लो वर्षको तुलनामा आधा पनि मूल्य पाउन सकिएन, कतिपय खुर्सानी बजार नपाएर बोटमै पनि कुहिएर गयो”, पाण्डेयले भने ।
खुर्सानीले बजार नपाउँदा खेती गर्ने उत्साह नै हराउँदै गएको बगनासकाली १ चिलाङ्दीका कृषक कपिल ढुङ्गाना बताउछन । उनले दुई वर्षदेखि दुई रोपनीमा खुर्सानी खेती गर्दै आएका छन। बगनासकाली गाउँपालिकाले वडा नं १ चिर्तुङ्गधारा क्षेत्रमा खुर्सानीको पकेट क्षेत्र विस्तार कार्यक्रम शुरु गरेको छ । यहाँका ९० जना कृषक यस व्यवसायमा आबद्ध छन् भने करिब ६० रोपनी क्षेत्रफलमा खुर्सानी लगाइएको छ ।
गतवर्ष गाउँपालिकाले खुर्सानी खेती बिस्तार कार्यक्रमका लागि प्राङ्गारिक मल, बीउ, मल्चिङ्ग प्रविधि सहयोग गरेको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए । माथागढी गाउँपालिका ४ झडेवा क्षेत्रमा छ वटा समूहमा व्यावसायिक रुपमा नै खुर्सानी खेती थालिएको छ । गतवर्षदेखि गाउँपालिकाले यो क्षेत्रलाई खुर्सानी पकेट क्षेत्रका रुपमा बिस्तार गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँपालिकाले गत वर्षमा रु दुई लाख बजेटबाट कृषकलाई जैविक मल, खुर्सानीका बीउ वितरण गरिएको र यसवर्ष खुर्सानी पकेट क्षेत्र विस्तार कार्यक्रमका लागि रु एक लाख रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए । यहाँ करिब ६० रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरिएको छ भने यस खेतीमा एक सय कृषक आबद्ध रहेको कृषि शाखा प्रमुख सीता खाम्चा मगरले बताए ।
उनका अनुसार गाउँपालिकामा यसपटक पकेट क्षेत्र कार्यक्रम अन्र्तगत लगाइएको खुर्सानी करिब ३५ हजार किलो उत्पादन भइसकेको छ । बजार मूल्य नहुँदा अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम मूल्य नै घटाएर बिक्री गर्न कृषक बाध्य बनेका छन् ।
रामपुर नगरपालिकाको वडा नं ७ मा व्यावसायिक तवरले कृषकले खुर्सानी खेती शुरु गरेका छन् । नगरका सबैजसो वडामा खुर्सानी खेती गरेर मनग्य आम्दानी लिन सकिने भएपनि बजारको समस्या हुँदा कृषकले ठुलो क्षेत्रफलमा खुर्सानी खेती शुरु गर्न नसकेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउछन ।
पाल्पा जिल्लामा ६१ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिएको छ । वार्षिक उत्पादन ५३९ रहेको छ भने उत्पादकत्व ७.८१ रहेको छ । जिल्लाको बगनासकाली, माथागढी क्षेत्रमा व्यावसायिक रुपमा खुर्सानी खेतीको शुरुआत भएको कृषि ज्ञान केन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए । थोरै जग्गामा खुर्सानी लगाएर आयस्रोत लिन सकिने भएपछि कृषकले अन्य खेतीसँगै यसको शुरु गरेको उनी बताउछन ।
कोरोनाको कहरका कारण होटल व्यवसाय तथा व्यापार, पसल, बजार बन्द हुँदा खुर्सानी लगाएर राम्रो कमाइ गर्ने मनसाय बोकेका कृषकहरु भने बिक्री गर्ने माध्यम नहुँदा समस्यामा परेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन। “खुर्सानीलाई सुकाई मेशिनबाट प्रशोधन गरी पाउडर बनाएर प्याकिङ्ग गरी बजारमा लैजाने सकिने हुँदा कृषकलाई तालिम र प्रविधिको सहयोग आवश्यक रहेको छ र त्यसका लागि कृषकबाट माग आएको खण्डमा कार्यालयले कार्यक्रम सञ्चालन गर्नेछ,” प्रमुख अर्यालले भने ।
तरकारी खेतीसँगै धेरेजसो कृषकले खुर्सानी खेती गर्ने गरेको पाइएको छ । जिल्लामा दुई हजार १२७ हेक्टर क्षेत्रफलमा तरकारी लगाइने गरिएको छ । वार्षिक उत्पादन ३४ हजार १६३ मेट्रिक टन रहेको छ भने उत्पादकत्व १६ मेट्रिक टन छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
दुई एसपी सरुवा : इलाममा महिला कर्मचारी काण्ड, सिराहामा तस्करी रोक्दा कारवाही
बैशाख २५, २०८१ मंगलबार
कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान
बैशाख २५, २०८१ मंगलबार
मनै लोभ्याउने जाकाराण्डा फूल !
बैशाख २६, २०८१ बुधबार
कम्युनिस्टविरुद्ध लड्ने बेला आयो, तयार भएर बस्नु: देउवा
बैशाख २६, २०८१ बुधबार
राधा-कृष्णको मूर्ति, अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै
बैशाख २६, २०८१ बुधबार
घण्टाघर र ढकमक्क गुलमोहर फूल
बैशाख २६, २०८१ बुधबार
छोटो दुरीमा रारा ताल जाने सडक निर्माण
बैशाख २६, २०८१ बुधबार
जापानको सहयोगमा विद्यालय भवन निर्माण
बैशाख २६, २०८१ बुधबार