पैसा सापटी माग्दा नदिएपछि खुकुरी प्रहार गरेर दाजुबहिनीको हत्या !
नेपालबहस संवाददाता
भदौ २३, २०७७ बुधबार ३:३२:११
२३ भदौ, खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ बर्षिय गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई जानकारी दिएको आधारमा खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको टोलीले अभियुक्त राईलाई भदौ २० गते पक्राउ गरेको थियो । घटनालगत्तै भागेर सोही गाउँपालिका–२ बोपुङ पुगेको अवस्थामा पक्राउ परेका राईलाई भदौ २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएलगत्तै कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो ।
पक्राउ परेका राईले पैसा सापटी माग्दा नदिएको झोकमा आफूले श्रेष्ठ दाजुबहिनीलाई खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रनाउ चिमोरियाले बताए । आफ्नै घरबाट खुकुरी बोकेर गएका अभियुक्त राईले दाजु ईन्द्रबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेपछि प्रतिकारमा उत्रिएकी बहिनी गोपीमायालाई समेत खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।
मृतक दाजुबहिनीको घर एकान्तमा भएकाले घटनाको बारेमा तीन दिनपछि मात्र जानकारी पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए । अविवाहित रहेका दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समयदेखि माइती घरमै बसेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
ट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
बैशाख १५, २०८१ शनिबार
कुम्भ मेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बैशाख १५, २०८१ शनिबार
मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?
बैशाख १५, २०८१ शनिबार