तातोपानी नाका खुलेको एक दिनमै पुनःबन्द !
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार २:३१:३५
२० असोज, सिन्धुपाल्चोक । सात कामदारमा कोरोना देखिएपछि सोमबारदेखि खुलेको नाका आजदेखि पुनः बन्द भएको छ । बाढी तथा पहिराेको कारण करीब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमै पुनःबन्द भएको हो ।
भन्सार सामग्री लोड अनलोड गर्ने मजदूरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो । चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य परीक्षण गर्दै स्वाब सङ्कलन गरिएकामा सात जनामा सङ्क्रमण देखिएपछि चीनले एकतर्फी रुपमा बन्द गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।
नेपालमा परीक्षण गर्दा ती मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आए पनि चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले अर्को सोमबारसम्मका लागि आयातनिर्यात बन्द गरिएको हो । सबै चालक र मजदूरको पाँचपाँच दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार गरिँदैछ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो ।
यही असोज १३ गते नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने शर्तमा नाका खुलाउने सहमति भएको थियो । खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दशैँअघि काठमाडौं पु¥याउने योजनानुसार दुवै देशको सहमतिमा नाका खुलेको थियो ।
आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनरबाट लत्ताकपडा, तयारी कपडा सहित केही तयारी सामग्री तातोपानी भित्रिएको थियो । यसैबीच अत्यधिक रक्तश्राव भएपछि एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोटेकोशी गाँउपालिका –१ बगाम निवासी ३८ वर्षीया दालामु शेर्पाको गाउँपालिकाले आज आफ्नै खर्चमा उद्धार गरेको हो ।
सोमबार सुत्केरी हुनुभएकी शेर्पाको रक्तश्राव नरोकिएकाले तत्काल उद्धार गर्नुपर्ने देखिएपछि उहाँको गाउँपालिकाको पहलमा उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । शेर्पाले सोमबार चौरी गोठमा शिशु जन्माएकी थिइन । शिशु जन्मेपछि पनि रक्तश्राव नरोकिएपछि स्थानीयवासीले स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । सुत्केरीको आज अपराह्न २ बजे उद्धार गरी थापाथली अस्पताल पठाइएको अध्यक्ष पौडेलले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढी उपमहानगरद्वारा २३ करोड राजस्व संकलन
बैशाख २४, २०८१ सोमबार
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि
बैशाख २४, २०८१ सोमबार
न्युरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार