तीनजना मन्त्री थप्न ओली र प्रचण्ड सहमत
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार १७:२७:३२
२२ असोज, काठमाडौं । बामदेव गौतमको मुद्धा टुंगिन थप समय लाग्ने भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिक्त मन्त्रालयमा तत्काल पूर्ति गर्न प्रधानमन्त्री केपी ओलीलाई ‘गो अहेड’ भनेका छन् । सम्भव भए आजै साँझसम्म तीन वटा रिक्त मन्त्रालयमा नयाँ मन्त्री आउने छन् – बालुवाटार निकट स्रोतले भन्यो ।
हिजो साँझ दुई अध्यक्षबीच भएको सहमति अनुसार, मन्त्रिमण्डलको पुनर्गठन भने बामदेवको फैसला आएपछि मात्रै गरिने छ । खासगरी अर्थ मन्त्रालय लामो समय खाली राख्दा समस्या परेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डको सहमति लिन प्रयास गरिरहेका थिए । प्रचण्ड भने बामदेवलाई नै अर्थमन्त्री बनाउनुपर्ने पक्षमा रहेकाले केही समय पर्खने अवस्थामा थिए ।
तर कोरोना संक्रमणले गर्दा सर्वाेच्च अदालतको सुनुवाई नै प्रभावित हुन थालेपछि प्रचण्ड पछि हटेका हुन् । हिजै हुने भनिएको संवैधानिक इजलाश नबसेकाले बामदेवको मुद्धा थप लम्बिने अवस्था आयो, त्यसैले खाली मन्त्रालयमा अहिलेलाई मन्त्री पठाउँदा राम्रै हुने भन्दै अध्यक्षद्वय सहमत भएका हुन् – बालुवाटार निकट स्रोतले भन्यो ।
बामदेवका सन्दर्भमा अहिले केही गर्न नसक्ने भएकाले खाली रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि तथा शहरी विकास मन्त्रालयमा मन्त्री ल्याइने भएको हो । यसका लागि प्रधानमन्त्री ओलीले लगभग तयारी गरिसकेको स्रोतको भनाई छ । अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई ल्याउने भएका छन् । यसबारे उनले प्रचण्डलाई जानकारी दिइसकेका छन् ।
सहमति अनुसार, अहिले तीन मध्ये दुई मन्त्रालयमा पूर्व एमाले र एउटामा पूर्व माओवादी केन्द्रबाट मन्त्री थपिने छ । प्रचण्डले मनाउन सकेभने स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिएर मन्त्रिमण्डलमा ल्याइने छ । शर्मा भने गृह मन्त्रालय पाउनुपर्ने अडानमा छन् । तर पूर्व माओवादी पक्षकै रामबहादुर थापा अहिले गृह मन्त्रालयको जिम्मेवारीमा रहेका छन् ।
थापालाई हटाएर शर्मालाई ल्याउने पक्षमा प्रचण्ड पनि रहेका छन् । तर प्रधानमन्त्री ओली भने थापालाई नै गृहमा निरन्तरता दिने पक्षमा रहेका छन् । त्यसैले गर्दा प्रचण्डले एउटा मोडालिटी बनाएर मात्रै पुनर्गठन गरौं भन्ने प्रस्ताव राखेका छन् । तर ओली भने त्यसको विपक्षमा रहेकाले पुनर्गठनमा समस्या आइपरेको हो ।
यसैगरी रिक्त शहरी विकास मन्त्रालयमा पूर्व एमाले पक्षबाट सुरेन्द्र पाण्डेलाई ओलीले प्रस्ताव गरेका छन् । तर पाण्डले भने अर्थ मन्त्रालय पाएमात्रै मन्त्रिमण्डलमा सहभागी हुने अडान लिइरहेका छन् । त्यसैले सहमति जुटेन भने महेश बस्नेतलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने पक्षमा ओली रहेको बुझिएको छ ।
तर नेता माधवकुमार नेपाल पक्षले भने यसबारे छलफल गर्न बाँकी रहेको बताएको छ । पाण्डेले शहरी विकासमा जान आनाकानी गरे विरोध खतिवडालाई पठाउने उनको सोच छ । यसबारे नेता नेपालले अध्यक्ष प्रचण्डसँग कुरा गरिसकेका छन् । तर अन्तिम टुंगो भने लागिसकेको छैन । बाँकी पुनर्गठन गर्ने विषयमा भने दशैंपछि मात्रै छलफल गर्न अध्यक्षद्वय राजी भएका छन् – स्रोतले भन्यो ।
अहिले चाहिं रिक्त मन्त्रालय मात्रै पूर्ति गर्ने हो , यसले बाँकी मन्त्रीहरुलाई समेत ढुक्क भएर काम गर्न सहज भएको बालुवाटार निकट स्रोतले बतायो । बालुवाटारमा कोरोना संक्रमण व्यापक देखिएकाले हाल नेताहरुबीचको आवतजावत र भेटघाट नै पातलिएको छ । सकेसम्म थोरै मानिस मात्रै बालुवाटार प्रवेश गर्न दिने गरी सुरक्षा व्यवस्था कडा पारिएको पनि स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार
पाल्पाबाट चोरीका सामानसहित एक जना पक्राउ
असार ३, २०८१ सोमबार
कञ्चनपुरमा बोर्डिङ स्कुलको भवनमा आगलागी
असार ३, २०८१ सोमबार