बैतडी बस दुर्घटना : ज्यान गुमाउने गाउँपालिका कर्मचारी पनि, ४ जनाको सनाखत
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शुक्रबार १६:४३:२२
२८ कार्तिक, बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये चार जनाको सनाखत भएको छ ।
बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ऐरको शव बसले च्यापिएकाले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । अन्य पाँच मृतकको पहिचान हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
उक्त दुर्घटनामा परी घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा फालमे तारले रुखमा बाँधेर जलाइए एक युवक
बैशाख २८, २०८१ शुक्रबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
धनुषामा करेन्ट लागेर युवकको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
९८ लाखसहित समातिएका समीर र मिलन सुन तस्कर
बैशाख २८, २०८१ शुक्रबार
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली
बैशाख २८, २०८१ शुक्रबार
यसरी गर्दैछ कांग्रेसले आजको संसद अवरोध
बैशाख २८, २०८१ शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिबार ५१ औँ दिन मनाउँदै
बैशाख २८, २०८१ शुक्रबार
खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
बैशाख २८, २०८१ शुक्रबार