ओलीको विकल्प खाेजी:-प्रचण्ड र श्यामशरणको भनाई प्रिप्लान कि संयोग मात्र ?
इन्द्र रिजाल
पुस १५, २०७७ बुधबार २०:१५:१२
१५ पुष, काठमाडौं । खड्गप्रसाद शर्मा ओलीको समूहबाट अलग्गिएको नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको विरोधसभामा भने– ओलीले संविधानको बलात्कार गरेका छन्, उनले बैशाखमा चुनाव गराउने नियतले प्रतिनिधिसभा विघटन गरेका होइनन, साथै, बैशाखपछि उनी प्रधानमन्त्री पदमा रहनेवाला पनि छैनन् ।
त्यसको भोलिपल्ट पूर्व राजदुत श्यामशरणले भारतको चर्चित अंग्रेजी अखबार दी ट्रिब्यून मा एउटा लेख प्रकाशित गर्दै भनेका छन्– नेपालमा अब एकजना विवादास्पद छवि नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रयास थालिएको छ । यो केवल संयोग मात्रै हो या प्रिप्लान डिजाइन ? प्रश्न उब्जिनु स्वभाविक हो । प्रधानमन्त्री ओली पछिल्ला दिन भारतीय कित्तामा पुगेको आरोप विपक्षीहरुले लगाउने गरेका छन् ।
दुई तिहाइ समर्थन प्राप्त सरकारको नेतृत्व गरेका ओलीले पार्टी भित्रको अन्तद्र्वन्द्व व्यवस्थापन नगरी भारतीय पक्षको उक्साहटमा प्रतिनिधिसभा विघटन गर्नसमेत तयार भएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला प्रचण्ड र श्यामशरणको बोलीमा लोली मिलेको मात्र हो त ?
जानकार भन्छन्, यो सबै डिजाइन अन्तर्गत गरिएकाले प्रचण्डलाई समेत थाहा छ । नभए प्रचण्डले बैशाखसम्मका लागि मात्रै ओली प्रधानमन्त्री भनेर ठाेकुवा गरेकै भोलिपल्ट भारतीय विदेशमन्त्रालयका पूर्व सचिवसमेत रहेका शरणले नयाँ मानिसको खोजीभइरहेको जानकारी दिएका छन् ।
तैपनि ओलीले जबर्जस्ती विघटनको सिफारिस पारित गराएका छन् । कदाचित अदालतले विघटन सदर नै गरिदियो भनेपनि ओली नेतृत्वको सरकारबाट चुनाव गराउन भारतसमेत तयार नभएको सन्देश प्रचण्ड र शरणको भनाइले पुष्टि गरेको छ ।
श्यामशरणले लेखेको विषयको गाम्भिर्यता सरकारले पक्कै बुझेकै होला । यसबारे आफ्नो धारणा ओली सरकारले कसरी राख्ला ? त्यो त भोलि पक्कै देखिएला नै । तर प्रचण्डले भनेकै कुरा भारतीय पक्षको आधिकारिक मानिसले कसरी लेखे ? प्रश्न गम्भिर छ । यदि प्रचण्ड र शरणले दाबी गरे अनुसार नै हुने अवस्था हो भने नेपाल र नेपालीको अस्त्वि अब कस्तो रहला ? दुई तिहाई समर्थन प्राप्त सरकार प्रमुखलाई प्रतिनिधिसभा विघटन गराएर अर्काे व्यक्तिलाई प्रधानमन्त्री बनाउने भन्ने विषय कूटनीतिक मर्यादाको उल्लघंन हो – एकजना परराष्टविद्वले भने ।
संविधानमा हुँदै नभएको प्रावधानलाई टेकेर ओलीले प्रतिनिधिसभा विघटन गराएकाले सर्वाेच्च अदालतले पुनस्थापना गर्न सक्ने धेरैको अनुमान छ । यो कुरा ओलीले पनि नबुझेको होइन । तैपनि ओलीले जबर्जस्ती विघटनको सिफारिस पारित गराएका छन् । कदाचित अदालतले विघटन सदर नै गरिदियो भनेपनि ओली नेतृत्वको सरकारबाट चुनाव गराउन भारतसमेत तयार नभएको सन्देश प्रचण्ड र शरणको भनाइले पुष्टि गरेको छ ।
विगतमा प्रधानन्यायधीशलाई नै चुनावी सरकारको नेतृत्व गर्न दिने अभ्यास भइसकेकाले त्यो अवस्था फेरि नदोहरिएला भन्न सकिन्न– एकजना विज्ञ भन्छन् । यसको अर्थ अहिलेका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा चुनावी सरकार बनाउने डिजाइन हो त ? जिज्ञाशा उठ्नु स्वभाविक छ ।
त्यस्तो अवस्थामा ओलीको विकल्पमा अर्काे चुनावी सरकार बन्नेतर्फ दुबैले संकेत गरेको हुन सक्छ– विदेशमामलाका विज्ञको भनाई छ । स्रोत भन्छ– ओलीले आफू नहुने अवस्थामा नेकपाका अरु कसैलाई पनि प्रधानमन्त्री बन्न नदिने अठाेट गरेकाले नै यस्तो अवस्था निर्माण भएको हो । जब चिनियाँ पक्षले ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रयास गरेको सुइँको पाए अनि मात्रै भारतसँगको हिमचिम बढेको देखिन्छ ।
तर प्रचण्ड र माधवकुमार नेपालहरु भने ओलीले गराउने चुनावमा जान तयार हुने छैनन् । भारतीय संस्थापन पक्षले सबैको नाडी छामिसकेको छ । त्यसैले सबैलाई मान्य हुने कम विवादास्पद छविका व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन हुने प्रसंग अहिल्यैबाट फालिएको हो ।
त्यसो भए कम विवादास्पद छविका को होलान् ? धेरैले अनुमान गरेकोमा पर्छन् – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तर डा. भट्टराईलाई कम विवादस्पद छविको भनेर भारतीय संस्थापन पक्षले लाद्न सक्ने अवस्था छैन । किनभने खासगरी ओली पक्षले नै उनलाई स्वीकार्ने देखिंदैन । त्यसो हुँदा घुमिफिरी रुम्जाटार भने जस्तै फेरि न्यायमूर्ति कै खोजी पो हुने हो की ? यस्तो लख काट्नेहरु पनि धेरैछन् ।
विगतमा प्रधानन्यायधीशलाई नै चुनावी सरकारको नेतृत्व गर्न दिने अभ्यास भइसकेकाले त्यो अवस्था फेरि नदोहरिएला भन्न सकिन्न– एकजना विज्ञ भन्छन् । यसको अर्थ अहिलेका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा चुनावी सरकार बनाउने डिजाइन हो त ? जिज्ञाशा उठ्नु स्वभाविक छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
जेठ ९, २०८१ बुधबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार