सनराइज ब्लूचिप फण्डको साढे आठ लाख इकाई आइतवारदेखि विक्रीमा, प्रतिइकाई मूल्य कति ?
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १८:२४:३
फागुन २८ काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले आइतवारदेखि सनराइज ब्लूचिप फण्डको ८ करोड ५० लाख इकाई विक्री खुला गर्ने भएको छ ।
उक्त कम्पनीले व्यवस्थापन गर्ने यो फण्ड सञ्चालनका लागि १ खर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये कोष प्रबर्द्धक सनराइज बैंकलाई १५ प्रतिशतका दरले १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
प्रतिइकाई मूल्य १० रहेको यो इकाई खरीदका लागि छिटोमा चैत ४ र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिंदा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीले १० वर्षमा परिपक्व हुने गरी बन्दमुखी योजना सञ्चालन गर्न लागेको हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने कम्पनीले बताएको छ ।
यस योजनाका इकाईहरु धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई कारोबार गर्न सकिने व्यवस्था पनि कम्पनीले गर्नेछ ।
इकाई विक्री प्रबन्धकमा पनि सनराइज क्यापिटलनै रहेको छ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार