नेपालगञ्जमा प्रभावकारी बन्दै बन्दाबन्दी
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार २२:२२:३९
९ वैशाख,राँझा । कोरोना संक्रमण रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिकामा जारी गरिएको बन्दाबन्दी प्रभावकारी देखिएको छ । तीव्रगतिमा कोरोना संक्रमण बढ्दै गएपछि गए रातिबाट लागू हुने गरी जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा वैशाख १५ गते रातिसम्मका लागि बन्दाबन्दी आदेश जारी गरेको हो ।
बन्दाबन्दीका कारण मुख्य बजार क्षेत्रका व्यापार व्यवसाय पूर्णरूपमा बन्द छन् । गणेशमान चोक, विपीचोक, त्रिभुवन चोक, त्रिवेणी मोड, न्यूरोड, सेतु विकचोक, बसपार्क लाइन, पुष्पलाल चोक, धम्बोझी चोक सुनसान बन्न पुगेका छन् । यी चोकमा तैनाथ सुरक्षाकर्मीले अनावश्यकरूपमा सडकमा निस्कने सर्वसाधारणलाई सम्झाइबुझाइ फर्काउने गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।
बन्दाबन्दीको पहिलो दिन आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहित बाँके प्रहरी प्रमुख राना, सशस्त्र प्रहरी बल बागेश्वरी गणका गणपति अशोक बम, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक नरेन्द्रराज गिरीलगायतका सुरक्षा प्रमुखले सीमानाका जमुनाहबाट नेपालगञ्ज क्षेत्रको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा नेपालगञ्जको मुख्य शहरी क्षेत्रमा बन्दाबन्दी प्रभावकारी रहेको पाइएको प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ छ । उनले नेपालगञ्जमा बन्दाबन्दीको बीचमा पनि लामो दूरीका सवारी साधन, विमानस्थल, अस्पताल, मेडिकल खुला रहेको बताउँदै भारतबाट नेपाल आउने नेपाली नागरिकलाई सीमानाका जमुनाहबाट बसपार्कसम्म पुग्न सवारी साधनको व्यवस्था गरिएको जानकारी दिए ।
नेपालगञ्जमा कोरोना संक्रमण तीव्रगतिमा फैलिएकाले त्यसको रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर जारी गरिएको बन्दाबन्दीमा अत्यावश्यक सेवाबाहेक हिँडडुलमा समेत निषेध गरिएको छ । बन्दाबन्दीको समयमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।
यसैगरी स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटिएमजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माणकार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भीड
बैशाख २६, २०८१ बुधबार
अत्यधिक गर्मी र ‘लू’ ले जनजीवन कष्टकर
बैशाख २५, २०८१ मंगलबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
१ महिनामा डढेलोले रामेछापको ४ हजार ५ सय हेक्टर वन सखाप
बैशाख २८, २०८१ शुक्रबार
आज अक्षय तृतीया मनाइँदै
बैशाख २८, २०८१ शुक्रबार
आजको मौसम : केही स्थानमा चट्याङ र हुरीसहित वर्षा
बैशाख २८, २०८१ शुक्रबार
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै
बैशाख २८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २८, २०८१ शुक्रबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार