फेरि पनि ओली नै प्रधानमन्त्री हुनेछन् : वाग्ले
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १७:४८:२९
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेस (बीपी) का केन्द्रिय कार्यालय सचिव सुशिलराज वाग्ले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए पनि फेरि ओली नै प्रधानमन्त्री हुने बताएका छन् । उनले ओलीले विश्वासको मत लिनुपर्ने कुनै आवश्यकता नरहेको पनि बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा लेख्दै वाग्लेले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार (प्रतिनिधिसभामा विश्वासको मत गुमाएका) नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त (प्रतिनिधि सभा बैठक बस्नु पुर्व प्रधानमन्त्रीको शपथ भएका) हुँदा संविधानको धारा ७६(२) अनुसार नेकपा माओवादीको समर्थन प्राप्त गरि प्रधानमन्त्री निर्वाचित भएकोले र दुई पार्टी एक भइ नेकपा बनेपछि प्रमले राजीनामा दिई ७६(१) अनुसारको प्रमको शपथ नलिएकोले २०७७ फागुन २३ को फैसला पछि १००(२) अनुसार विश्वासको मत लिन आवश्यक नभएको बताएका हुन् ।
समर्थन दिएको दलले फिर्ता लिएपनि प्रधानमन्त्रीले १००(१) अनुसार विश्वासको मतको प्रस्ताव प्रतिनिधिसभामा राख्न पाउने अधिकार प्रयोग गरि प्रतिनिधिसभाको बैठक आह्वान भएपछि समर्थन दिएको दलले पनि समर्थन फिर्ता लिएकोले संविधानको धारा १०० (२) को पनि प्रमबाट १००(१) प्रयोग गरिएकोले आवश्यक पर्दैन ।
यसरी संविधानले परिकल्पना गरिएको ७६(१) प्रतिनिधिसभामा नरहेको र ७६(२) अनुसारको प्रधानमन्त्रीले विश्वासको मत गुमाएकाले अब राष्ट्रपतिबाट पुन ७६(२) मा फर्कन संवैधानिक अप्ठ्यारो छ । त्यसैले अब ७६(३) अनुसारको प्रम पुनः नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली हुनेछन् । रोक्न नेकपा (एमाले) संसदीय दलले दलको नेता परिवर्तन गर्नु आवश्यक छ ।
७६(३) का प्रमले ७६(४) अनुसार विश्वासको मत लिनुपर्छ । त्यो सम्भावना छैन त्यसैले ७६(५) अनुसारको प्रम बनि देश मध्यावधिमा जाने निश्चित जस्तै छ । अब राष्ट्रपतिबाट ७६(३) अनुसार सरकार गठन हुने हुँदा पुनः प्रम केपी शर्मा ओली नै हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार