मध्यरातमा संसद भङ्ग, सामाजिक सञ्जालमा राष्ट्रपतिको विरोध
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार १२:३०:५६
८ जेठ, काठमाडौं । प्रतिपक्षीदलले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गरेका छन् । मध्यरातमा संसद भङ्ग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा भएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै संविधानको सामूहिक बलात्कार भएको भन्दै आक्रोश पोखेका छन् । उनले महामारीको यस्तो समयमा मध्यावधिको रङ्गिन सपना महँगो पर्नेसमेत चेतावनी दिएका छन् ।
यस्तै, माओवादी केन्द्रका नेता वर्षमान पुनले शुक्रबार मध्यराति दुवै नेताको प्रधानमन्त्री बन्ने दाबी खारेज गरेर राष्ट्रपतिबाट डकैती भएको आरोप लगाएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री बन्नका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले पेस गरेको दाबी खारेज भएको छ। यसपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ।
यता, कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान संविधान च्यात्ने काम गरिन्। यिनबाटट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन।’
सरकारले संसद भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि संघीय संसद्को मध्यावधि निर्वाचन मिति सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार राति बैठकले संसद् भंग गरी राष्ट्रपतिसमक्ष चुनाव मिति सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष पेस गरेको दाबी खारेज भएपछि नयाँ निर्वाचनको ढोका खुलेको हो।
शुक्रबार मध्यरातमा बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ ‘५’ अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
संविधानको धारा ७६ ‘७’ मा लेखिएको छ, ‘ उपधारा ‘५’बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
लिङदेनको प्रश्न : प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?
बैशाख २७, २०८१ बिहिबार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार