एमसीसीले कांग्रेसलाई बढार्न सक्छ, जनतालाई यथार्थ जानकारी गराउन चुक्नु हुन्न
भेषराज पोखरेल
कात्तिक २२, २०७८ सोमबार २१:४६:२४
प्रजातन्त्र प्राप्तिका लागि भएका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्बाह गरेको नेपाली कांग्रेस पछिल्लो समय सो शक्ति कमजोर बन्दै गएको देखिएको छ । प्रजातन्त्र पुनःस्थापनापछि लामो समय सत्ताको बागडोर सम्हाल्दै आएको नेपाली कांगे्रस स्थानीय, प्रदेशदेखि केन्द्रसम्म जनमत गुमाएपछि प्रतिपक्षमा पुग्यो ।
पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले पटक पटक संविधानमाथि प्रहार गरेकाले सर्वोच्चको संवैधानिक इजलासको फैसलाबाट पुनः सत्ताको नेतृत्वमा पुग्न सफल भएको छ । कांग्रेसलाई नीति र नेतृत्वका कारण जनताको मन जित्न कठिन बन्दै गएको त छ नै आफ्नो नेतृत्वमा भएका राम्रा कामको सही सूचना पनि जनतामाझ पुर्याउन असफल हुँदै गएको छ । यसले पनि जनताको भरोसा गुम्दै जाने अवस्था आएको छ ।
पछिल्लो समय आफ्नै असंवैधानिक कदमका कारण सत्ताबाट बाहिरिन बाध्य भएका केपी ओली अहिलेको सरकारविरुद्ध कड्किरहेका छन् । आगो ओकलिरहेका छन् । हरेक भाषणमा अवैधानिक र विकासविरोधी भनिरहेका छन् । कांग्रेसले आफ्ना विगतका राम्रा कामको सही जानकारी जनतालाई दिन नसक्दा र अहिलेको राज्यसंयन्त्रको कामको ढंगले जनतामा भरोसा जगाउन सक्ने अवस्थामा छैन । ओलीको लल्कारको दह्रो प्रतिवाद गर्न कठिन परिरहेको छ । जीवन्त राजनीतिक दलका लागि यो अवस्था आउनु भनेको ठूलो संकटको अवस्था हो ।
पछिल्लो समयलाई नै विश्लेषण गर्ने हो भने पनि ओली सत्ताले हरण गर्न थालेको संविधानलाई सही ठाउँमा ल्याउन त्यत्रो अभियान चलाएका गठबन्धनका पार्टीको ढुलमूले र भागबन्डामा भएको रस्साकस्सी काममा ढिलनसस्तीले पनि कांग्रेसलाई घाटा पुर्याउँदै लगेको छ । अर्को, प्रदेशमा देखिएको अवस्थाले पनि कांग्रेसलाई कुशल सत्ता सञ्चालक भएको जनतामा विश्वास दिलाउन असफल हुँदै गएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व वातावरण सम्मेलनमा भाग लिएर फर्केपछि एमसीसी संसदबाट प्रक्रिया पुर्याएर पास गरिन्छ भने । अर्को, उनले प्रचण्ड र मैले एमसीसी पास गर्ने सहमति गरेर पत्र पठाइसकेका छौं समेत भने । तत्कालै मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले बोलेपछि तरंग उत्पन्न भयो, एमसीसीमा परिमार्जन नगरी पास हुँदैन भनिदिए ।
सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि परिमार्जन नगरी अहिलेकै अवस्थामा पारित हुँदैन भने । माधव नेपालले त जस्ताको तस्तै एमसीसी पास हुनै सक्दैन भनिरहेका छन् । गठबन्धनमा भएको यो अवस्थाले एसीसीसम्बन्धी सम्पूर्ण दोष कांग्रेसले नै लिनुपर्ने अवस्था आएको छ ।
प्रधानमन्त्री देउवाले उता अमेरिकालाई जसरी पनि एमसीसी पास गराइछाड्छाैं भनेर आश्वासन दिइसके यता न गठबन्धनलाई सहमत गराउन सकेका छन् न जनतालाई यसका सम्बन्धमा यथार्थ जानकारी गराउन सफल भएका छन् । एमसीसी जस्ताको तस्तै पारित हुनु देशका लागि ठूलो घाटा छ भन्ने व्यापक भइरहेको अवस्थामा यस सम्बन्धमा जनतालाई यथार्थ जनाकारी दिन नसक्दा कांग्रेसले राम्रो काम गरेको कुनै हालतमा पनि ठहरिने छैन ।
यही अवस्थामा कांग्रेस नेतृत्वको सरकारले एमसीसी पास गराउन कस्सिने हो भने गठबन्धनमा ठूलो खटपट पैदा हुनेछ । यस्तो अवस्थामा गठबन्धन सरकारलाई कसरी निरन्तरता दिन सकिएला ? प्रदेशहरुको अवस्था के होला ? ठीकै छ गठबन्धन सरकार अगाडि बढेन, सरकारले समयअघिको निर्वाचन (अर्ली इलेक्सन) मा जाने निर्णय गर्ने हो भने पनि कांग्रेसलाई धेरै ठूलो घाटा पर्नेछ । कांग्रेसले थोरै भए पनि केही राम्रा काम गरेर अर्ली इलेक्सनमा गएमा अवस्य पनि जनमतमा सुधार गर्नसक्ने अवस्था छ । एमसीसीमा फस्ने, अन्य भागबन्डामा जस्तो पनि सहमति गरेर चुनावमा जाने हो भने यी सबै अवस्थाले तयार गरेका चक्रव्यूहमा कांग्रेस फस्न जाने निश्चित छ । सबै कमजोरीको दोष कांग्रेसले नै व्यहोर्नुपर्ने छ ।
अब कांग्रेसले सोच्नुपर्ने कुरा के छ भने कांग्रेसले कुनै पनि कार्य सुझबुझका साथ गर्छ र ती कार्य राष्ट्र् र जनताको हितमा हुन्छन् भन्ने कुरा जनतामा विश्वास दिलाउन अति आवश्यक छ । जुनसुकै काम गर्दा जनतालाई प्रष्ट बुझाउन सक्नुपर्छ । अहिले जनतामा कांग्रेसले गरेका कुनै पनि काम लागू हुन कठिन छ, कुनै समूह वा शक्तिको पक्षमा बढी निर्णय गर्छ भन्ने पर्न गएको छ । कांग्रेसले यो भ्रम चिर्न सकेन भने फेरि पनि ओली नै सत्ताका मुख्य खेलाडी बन्ने निश्चित छ । त्यसपछि न्याय क्षेत्र र संविधानको के अवस्था हुने हो भन्न कठिन छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा
असार ३, २०८१ सोमबार
कम्युनिष्ट नेताहरू समाजवादका सम्भावना जति सबै नष्ट गरिदिने बाटोमा लागेका हुन् ?
असार १, २०८१ शनिबार
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
जेठ ३१, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार