गठबन्धनका दलहरुले तत्कालै कदम नचाले न्यायपालिका मात्रै होइन संविधानको रक्षा पनि गर्न सक्ने छैनन्
भेषराज पोखरेल
कात्तिक २९, २०७८ मंगलबार ४:३:५५
अहिले देश अप्ठ्यारोमा छ । न्यायपालिकाको शिर सर्वोच्च अदालत प्रधानन्यायाधीशका कारण चरम विवादमा छ । न्यायाधीशहरुले प्रधानन्यायाधीशले तोकेका इजलास बहिस्कार गरिरहेका छन् । वकिलहरुको संस्था नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चको गेटमा धर्ना दिइरहेको छ । वकिलहरुले देशभर प्रदर्शन गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्चमा प्रवेश गर्नै नदिने भन्दै धर्ना दिइरहेका वकिलहरुले उनले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताइरहेका छन् ।
प्रधानन्यायाधीश जबराले वार्ताका लागि सोमबार आह्वान गरेकोमा बार एसोसिएसनले राजीनामा नदिएसम्म वार्तामा नबस्ने अडान लिएको छ । सत्तारुढ गठबन्धनका दलहरुले अदालतको समस्या आफै समाधान होस् भन्दै मानौं यो समस्या अति सामान्य हो र चोलेन्द्रशमशेर र वकिलका बीचको समस्या हो भनेजस्तो गरी बेवास्ता गरिरहेका छछन् । उता प्रतिपक्षी दल नेकपाका एमालेले भने केपी ओलीको असंवैधानिक कदमलाई सही साबित गर्नमा यो घटनालाई भरपुर उपयोग गर्ने पक्षमा छ ।
एमालेका अध्यक्ष केपी ओलीले संवैधानिक इजलासमा बसेर परमादेशको फैसला गर्ने पाँचैजना न्यायाधीश दोषी छन् भनिरहेका छन् । उनले मेरो सरकार हटाउन सर्वोच्च र गठबन्धनका दलहरुबीच साँठगाँठ भएको पनि बताउन भ्याएका छन् । एक पक्षले बेवास्ता गर्ने, अर्कोले यसलाई आफ्नो असंवैधानिक कदमलाई सही देखाउन उपयोग गर्न प्रयास गर्नु अत्यन्तै खतरनाक अवस्था हो ।
नेपालको न्यायपालिका राजनीतिबाट पूर्णरुपमा प्रभावित छ । न्यायाधीशहरु राजनीतिक भागबण्डाबाट चुनिँदै आए । चोलेन्द्रशमशेर जबराले केपी ओलीसँगै संवैधानिक नियुक्ति तथा अन्य सबै क्षेत्रमा आफ्नो भाग लिँदै आएकै हुन् । उनले ओलीले ल्याएको संवैधानिक पषिद्सम्बन्धी विधेयकको पूर्णरुपमा सहायक बने । सो विधेयकविरुद्ध परेका रिट अहिले पनि उनको प्राथमिकतामा परेका छैनन् । यो उनको डरलाग्दो र निकृष्ट राजनीतिलाई उपयोग गरेको उदाहरण हो तर उनको अध्यक्षतामा गठन भएको संवैधानिक इजलास पनि गलत थियो त ? संवैधानिक इजलासले गरेको परमादेशको फैसला राजनीतिक साँठगाठमा भएको थियो त ? यसको उत्तर सर्वोच्च अदालतका बाँकी न्यायाधीशले दिनुपर्छ कि पर्दैन ? बहसमा उपस्थित वकिलहरुले पनि दिनुपर्ने अवस्था आएको छ । गठबन्धनका दलहरुले पनि दिर्नैपर्ने अवस्था सिर्जना भएको छ ।
सरकार र गठबन्धनका दलहरुले यो घटना वकिलहरु र प्रधानन्ययाधीश चोलेन्द्रशमशेरबीचको विवाद जस्तो गरी आफै सुल्झाऊन् भन्नु अत्यन्तै ठूलो भूल हो । न्यायापालिकाको सर्वोच्च निकाय सर्वोच्च अदालतमा विवाद आएपछि सरकार त्यसै पनि गम्भीर हुनुपर्ने हो । विवाद लामो समयसम्म राख्नु राष्ट्र्का लागि सामान्य कुरा होइन, ठूलो घाटाको विषय हो । सरकारले यस्तो विषयमा संसदीय छानबिन समिति बनाएर यथार्थ पत्ता लगाउनु अति आवश्यक छ । यो कुरा अघिल्लो आलेखमा उठाइएको थियो ।
अन्तर्राष्ट्र्यि कानुनसम्बन्धी संस्थाहरुले पनि सरकारलाई छानबिन गर्न सुझाएका छन् । सरकारले तत्काल छानबिन गरेन र वकिलको आन्दोलनले चोलेन्द्रलाई फाल्यो भने पनि समस्याको समाधान हुनेछैन । एमालेले संवैधानिक इजलासमा बसेका अरु न्यायाधीशले पनि राजीनामा दिनुपर्छ भनिरहेकोे छ । यस्तो अवस्थामा संविधानको रक्षा र कानुनी राज्यको सुनिश्चितता कसरी हुन्छ ? ओलीको असंवैधानिक कदम सच्याइयो संविधानको रक्षा गरियो भन्ने कुरा गलत साबित गर्नेछ ।
पूर्वन्यायाधीशहरुले राजनीतिक दलहरुलाई प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन सुझाव दिएका छन् । महाभियोग छानबिन नगरी कसरी लगाउने ? बारएसोसिएसनको आरोपका आधारमा लगाउने ? सुशीला कार्कीविरुद्ध लगाएको महाभियोग जस्तो हुन कुनै बेर लाग्नेछैन । अरुले लगाएका आरोप छानबिनका लागि सहयोगी हुन सक्छ तर सरकारले आफै अध्ययन, अनुसन्धान गरेर यथातथ्य पत्ता नलगाई कुनै पनि निर्णय लिनु घातक छ । त्यसो गर्न समय लगाउन पाउने सुविधा भने छैन । तत्कालै कदम चालिहाल्नु आवश्यक छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा
असार ३, २०८१ सोमबार
कम्युनिष्ट नेताहरू समाजवादका सम्भावना जति सबै नष्ट गरिदिने बाटोमा लागेका हुन् ?
असार १, २०८१ शनिबार
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
जेठ ३१, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार