बुढ्यौली उमेरमा नियमित रूपमा कति घण्टा सुत्ने ?
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १२:३८:०
२३ बैशाख, काठमाडौं । मध्य तथा बुढ्यौली उमेरमा नियमित रूपमा कति घण्टा सुत्नु आवश्यक छ भन्ने विषयमा गरिएको एक बृहत् अध्ययनले दिनहुँ सात घण्टा सुत्नु उत्कृष्ट रहेको छ ।
कम र अधिक समय सुत्दा एकाग्र हुने, सम्झने, नयाँ कुरा सिक्ने, समस्या समाधान र निर्णय लिन सक्ने क्षमतामा ह्रास आउने देखिएको आजको नागरिक दैनिकमा समाचार प्रकाशित भएको छ ।
दिनहुँ सात घण्टा सुत्दा मानसिक स्वास्थ्य राम्रो रहने तर यो अवधिभन्दा बढी वा कम समय सुत्दा मानिसमा बेचैनी, उदासीपना निम्तिने तथा समग्र स्वास्थ्य बिग्रने उक्त अध्ययनले देखाएको छ।
वैज्ञानिक जर्नल नेचरमा प्रकाशित उक्त अध्ययनअन्तर्गत चीन र बेलायतका अनुसन्धानकर्ताले ३८ देखि ७३ वर्ष उमेरका ५ लाख मानिसको अध्ययन तथ्याङ्क समीक्षा गरेका थिए।
बेलायत सरकारको बायो बैंक नामक दीर्घकालीन स्वास्थ्य अध्ययन परियोजनामा समावेश भएका यी सहभागीको निद्राको अवस्था, मानसिक स्वास्थ्य, समग्र स्वास्थ्य स्थितिसहित चरणबद्ध संज्ञानात्मक परीक्षण गरिएको थियो। अध्ययनमा सहभागी ४० हजारको आनुवंशिक तथ्यांकको समेत समीक्षा गरिएको थियो। नागरिक दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार