एसिया प्यासिफिक युनियन गठन गर्नुपर्ने र त्यसको नेतृत्व भारतले लिनुपर्छ : ढकाल
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २०:२७:१०
११ जेठ, नयाँ दिल्ली । छिमेकी मित्र राष्ट्र भारतको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एक नाथ ढकालले भारत को नयाँ दिल्ली स्थित कन्स्टिट्युसन क्लब अफ इंडियामा आयोजित विशेष कार्यक्रमलाई बुधबार सम्बोधन गरेका छन् ।
सम्मेलनमा सम्बोधन गदै अध्यक्ष ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालसालै सम्पन लुम्बिनको संस्कृतिक भ्रमणको क्रममा दुई सार्वभौम राष्ट्रका सरकार प्रमुखले संयुक्त रुपमा दर्शाएको सांस्कृतिक एक्यबद्ध नेपाल र भारत दुई फरक सर्वभौम देश भए पनि एक साझा संस्कृतिका देश भएको तथ्य प्रमाणित भएको बताएका छन् ।
उनले प्रम मोदीको सांस्कृतिक भ्रमणले नेपाल भारतको सम्बन्ध थप उचाईमा पुगेको बताए । विश्व सिखर सम्मेलनका विशेष दुत समेत रहेका अध्यक्ष ढकालले क्षेत्रीय सरकारी संगठनहरु निस्प्रभावी भैरहेको उल्लेख गर्दै एसियाली देशहरुको शान्ति र विकासका लागि युपिएफ कि संस्थापिका डा। हाक जा हान मुन द्वारा प्रस्तावित एसिया प्यासिफिक युनियन गठन गर्ने भन्ने प्रस्तावलाई कम्बोडियाको सरकारले समर्थन गरिसकेको सन्दर्भमा, उक्त युनियनलाई सार्थकता दिन भारतको सहयोग अति आवश्यक हुने भन्दै भारतले त्यसको नेतृत्व लिनुपर्ने कुरामा जोड दिए ।
अध्यक्ष ढकालले भारतका सासदहरु सुरेन्द्र सिंह नागार ‘बिजेपी’ , फ्रान्सिस्को सर्दिन्हा ‘भारतीय काँग्रेस’, एन. डि. गुप्ता ‘आप’, कुँवर दानिश अलि ‘बसपा’ साथै प्रशिद्ध शिक्षाविद जवाहरलाल नेहरू विश्वविद्यालय कि कुलपति प्राध्यापक शान्तिश्री डी। पण्डित, इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालयका कुलपति प्राध्यापक नागेश्वोर राव अनि नालन्दा विश्वविद्यालयकी प्राध्यापक सुनैना सिंहलाई शान्ति दुतको सम्मान समेत प्रदान गरे ।
कार्यक्रममा भारतिय जनता पार्टिका राज्य सभा सांसद भुवनेश्वर कालिता, आम आदमी पार्टी विधायक अजय दत्त, भाजपा नेता विजय जोली , नेपालका लागि भारतिय पुर्व राजदुत के भि राजन लगायतले नेपाल र भारतको दुईपक्षिय हितको बारेमा बालेका थिए । पूर्वमन्त्री ढकालले भ्रमणका क्रममा भारत सरकारका विदेश मामिला राज्य मन्त्रि डा राजकुमार रंजन सिंह संग पनि शिष्टाचार भेट गरे ।
दिल्ली स्थित सरकारी निवास न्यू मोति बाघमा भएको भेटमा मन्त्रि सिंहले आफ्नो परम्परागत मणिपुरी दोसल्लाले ढकाललाई अभिनन्दन गरेका थिए । भेटघाटमा आपसी हित, क्षेत्रीय शान्ति तथा सुरक्षाको बारेमा कुराकानी भएको भेटमा सहभागी परिवार दलका महामन्त्री सन्तोष पौडेलले जानकारी दिए ।
नेता ढकालले जवाहरलाल नेहरू विश्वविद्यालयको भ्रमण पनि गरे सोहि अवशरमा उपकुलपति प्राध्यापक शान्तिश्री डी पण्डितसंग पनि छलफल भएको थियो अध्यक्ष ढकाल बिहिबार स्वदेश फर्कदै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसंघ गठन
असार २, २०८१ आइतबार
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरूलाई अध्यक्ष ढकालको आग्रह
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार