बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १८:२२:२१
१२ असार, काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ ।
वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले वि.सं. २०६६ सालमा बीमितको मृत्युदर तालिका तयारी भई कार्यान्वयनमा रहेको र यस अवधिमा दुई पटक राष्ट्रिय जनगणना समेत भई औषत मृत्युदर सम्बन्धी तथ्याङ्क सार्वजनिक भइसकेको सन्दर्भमा बीमितको मृत्यु्दर तालिकालाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक रहेको औंल्याए ।
अध्यक्ष सिलवालले बीमाप्रतिको विश्वास बढाउँदै बीमा व्यवसायलाई विस्तार गर्न र बीमितको हितको रक्षा गर्न समेत यस किसिमका अध्ययन आवश्यक रहेको उल्लेख गर्दै बीमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कहरुलाई अद्यावधिक गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए ।
बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली बीमितको मृत्युदर तालिकालाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले यससम्बन्धी प्रारम्भिक अध्ययन गरिएको जानकारी दिए । जीवन बीमक संघ नेपालका उपाध्यक्ष पोषकराज पौडेलले बीमा समितिले बीमितको मृत्युदर तालिका परिमार्जन गर्न लागेबाट उपयुक्त बीमाशुल्क निर्धारणका साथै समग्र जीवन बीमा व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
बीमा समितिका परामर्शदाता बीमाङ्की प्रेक्षा माथेमाले बीमितको मृत्युदर अनुसन्धान संयन्त्र र बीमाङ्की विज्ञान विषयमा अध्ययरत विद्यार्थीहरु रुस्तम लवाजुले विभिन्न देशका बीमितको मृत्युदर तालिका तथा मुलुक पौडेल र सागर निरौलाले बीमितको मृत्युदर तालिकाका लागि आवश्यक तथ्याङ्क सम्बन्धी विषयमा प्रस्तुती गरेका थिए ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदीको उपस्थिति रहेको कार्यक्रमको संचालन समितिका उपनिर्देशक निर्मल अधिकारीले गरेका थिए । कार्यक्रममा जीवन बीमक संघका पदाधिकारी, जीवन बीमा कम्पनीका सूचना प्रविधि विभाग तथा बीमाङ्की मूल्याङ्कन शाखाका कर्मचारी र बीमा समितिको बीमालेख शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार