पाठ्यक्रममा बीमा विषय समावेश गर्न माग
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार २१:३२:२७
१६ असार, काठमाडौं । बीमा समितिको आयोजनामा आज बिहीबार ललितपुरमा विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा.डा. पारसनाथ यादवले देशका ग्रामीण भेगसम्म बीमा सम्बन्धी चेतना नपुगेको अहिलेको अवस्थामा बीमा शिक्षालाई व्यापकता दिनका लागि विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा विस्तृतरुपमा नभए पनि संक्षिप्तरुपमा बीमा विषय समावेश गर्नु आवश्यक भएको बताए ।
उनले बीमा जोखिम व्यवस्थापन विज्ञान समेत भएकाले विश्वविद्यालयका पाठ्यक्रमको परिमार्जनका क्रममा बीमा विषय समावेश गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि लेखराज खनालले बीमालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न र बीमा पुस्तक विकास गर्नका लागि बीमा समितिसँग सहकार्य गरेर अघि बढ्न केन्द्र तयार रहेको बताए ।
बीमा समितिका निर्देशक कमलप्रसाद रेग्मीले बीमा शिक्षालाई व्यापकता दिनका लागि पाठ्यक्रममा बीमा विषय समावेश गर्न समितिले निरन्तर पहल गर्दै आएको बताए ।
कार्यक्रममा बीमा समितिका उपनिर्देशक केशवप्रसाद दाहालले बीमा क्षेत्रको वर्तमान अवस्था र पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी प्रस्तूती गरेका थिए, भने बीमा समितिका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
बीमा समितिका सहायक निर्देशक राम कोजुले संचालन गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय र साझा प्रकाशनका प्रतिनिधि, विभिन्न शैक्षिक प्रतिष्ठानमा बीमा विषयमा अध्ययनरत विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार