आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सीइओ रघुवंशी
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार १६:५७:५३
२८ असार, काठमाडौं । आइएमई जनरल इन्स्यारेन्स (आइजीआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सीइओ उमेश रघुवंशी नियुक्त भएका छन् ।
सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रूपमा नियुक्त गरेका हुन् । नेपालको आइटी क्षेत्रमा स्थापित उनको नेतृत्वले २० वर्षअघि सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले तीन सय ५० भन्दा बढीलाई रोजगारी दिइरहेको छ ।
माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यो कम्पनीले महत्वपूर्ण योगदान दिएको छ । सन् २००१ मा स्थापना भएको आइएमई जनरल इन्स्योरेन्स कम्पनी उत्कृष्ट विमा कम्पनीको रुपमा परिचित छ ।
दुई अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचित व्यक्ति तथा समूहरूको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरूमा अम्बिकाप्रसाद पौडेल, राजेन्द्रसिंह भण्डारी, सीताराम थापा र कृष्णप्रसाद शर्मा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार