उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि….
नेपालबहस संवाददाता
साउन १८, २०७९ बिहिबार ३:१२:२४
१८ साउन, सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले गत साउन ७ गते लिएको ‘अहेव पदको’ चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ ।
त्यसो गर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेका छन् । मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोकसेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ ।
आयोगले जारी गरेको सूचना अनुसार उनको मास्टर आइडी १४०५७ र रोल नम्बर ४४६६ रहेको छ । रेउलेले बस्तुगत र विषयगत दुवै उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको प्रदेश लोकसेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार रेउलेलाई प्रदेश लोकसेवा आयोग ऐन, ०७५ को दफा ६४ को उपदफा ‘१’ को खण्ड ‘ख’ बमोजिम कसुर गरेको देखिएको र लोकसेवा आयोग ‘कार्य सञ्चालन’ निर्देशिका, ०७८९ को दफा ३६ को उपदफा ‘२’ को खण्ड ‘ख’ बमोजिम लिखित परीक्षा रद्द गरिएको छ ।
उक्त ऐन अनुसार आयोगबाट आगामी २ वर्षसम्म हुने पदपूर्ति सम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
महोत्तरीमा सामुदायिक विद्यालयबाट एसईईमा सहभागी छात्रा अधिक
चैत १५, २०८० बिहिबार
एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न
चैत १५, २०८० बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार