शेखर समूहको बानेश्वरमा खबरदारी सभा, देउवाले न्यायोचित व्यवहार नगरे गठबन्धनमा समस्या आउने चेतावनी
नेपालबहस संवाददाता
असोज ८, २०७९ शनिबार २१:८:१९
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा जारी छ ।
सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उदेश्यले शनिबार भेला आयोजना गरेको स्रोतको भनाइ छ । सभापति देउवाले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट बाँडफाँडमा एकलौटी गरेको बिषयले कांग्रेसभित्र तनाव सुरु भएको छ ।
सभापतिमा पराजित डा. शेखर कोइराला समूहले काठमाडौंमा आयोजना गरेको ‘खबरदारी सभा’मा पार्टीभित्र अवसर र न्यायका अधिकाँश नेताहरु बोली रहेका छन् । कार्यक्रममा शेखर कोइरालासहित उनी पक्षका पदाधिकारी आएका छैनन् । केन्द्रीय सदस्य, जिल्ला सभापति, उनी पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी रहेका नेताहरु सहभागी छन् ।
सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ । शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ । शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाव दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।
खबरदारी भेलाले समानुपातिकको सूची सच्याउन दबाब दिने र प्रत्यक्षतर्फको टिकट वितरणमा आफ्नो समूहलाई समेट्न दबाब बढाउने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं युवा नेता इन्द्रबहादुर रिजालले बताए । नेता रिजालका अनुसार सभापति देउवाले इतर समूहलाई बेवास्ता गरेर अगाडि बढ्ने नीति लिएपछि यसविरुद्ध भेलामार्फत दबाब दिन लागिएको हो ।
बन्दसूची पेस गर्ने क्रममा इतर समूहसँग सल्लाह नगरी सभापति देउवा पक्षले एकपक्षीय रूपमा आयोगमा सूची बुझाएको इतरको आरोप छ । इतरले तालमेल गरेर जाँदा कांग्रेसले सय सिटभन्दा कम सिट लिन नहुने र कांग्रेसले पाउने सिटको ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने माग राख्दै आएको छ ।
र याे पनि,,,,,
देउवा समुहको एकलौटीविरुद्ध शेखर कोइराला पक्षले आज खबरदारी सभा गर्दै
कोइराला समूहको खबरदारीसभा बानेश्वर ब्याक्वेटमा तय, भातृ र शुभेच्छुक संस्थालाई पनि निम्तो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार