देउवालाई समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउन कोइराला पक्षधरकाे माग, नसच्याए बालुवाटार घेराउदेखि रिले अनसन गर्ने चेतावनी
नेपालबहस संवाददाता
असोज ८, २०७९ शनिबार २३:३५:२
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षधरले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोहको चेतावनी दिएको छ । राजधानीमा शनिबार कोइराला पक्षधरले आयोजना खबरदारी सभामा बोल्दै नेताहरुले समाुनपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउन सक्ने चेतवानी दिएका छन् । उनीहरुले सभापतिले शेरबहादुर देउवाले पार्टी एकतालाई भन्दा पनि पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
आज आयोजित आमसभामा बोल्दै कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले आन्तरिक एकता बलियो भएको अबस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अबस्था नआउने दाबी गरका छन् । उनले भने समाुनपातिकको सूची एकपक्षीय छ त्यो सच्याउनुपर्छ । ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’ उनले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समुहलाई अन्याय गरिएको जिकिर गरे । प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अबस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खवरदारीसभामा आयोजना गरेको बताए ।
यस्तै, कार्यक्रममा बोल्दै नेता गुरूराज घिमिरेले पार्टीभित्रको अन्याय सच्याउनका निम्ति विनम्रपूर्वक गरिएको खबरदारीको सुनुवाइ नभए विद्रोह हुने चेतावनी दिए । ‘नेपाली कांग्रेसभित्र अहिले समान्तवाद मौलाएको छ। एकलौटी रूपमा टिकट दिएर सबैलाई जिताउने तागत छ भने दिए हुन्छ। होइन भने सबैलाई न्याय गर्नुस्। हामी विनम्रतापूर्वक आग्रह गरिरहेका छौँ। सुनुवाई नभए विद्रोह गर्छौँ’, उनले भने ।
कार्यक्रममा नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न अप्ठेरो पर्नेतर्फ संस्थापन पक्षलाई सचेत गराए। उनले भने, ‘समानुपातिकमा देखाउन मिल्ने मान्छे राख्नुस्। अहिले प्रदेश १ मा राखिएका मान्छे हामी चिन्दैनौं। यस्तो नाम राख्न कसले दियो अधिकार ? ’ उनले भने ।
आसन्त प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीमा समान अवसर पाउनुपर्ने भन्दै संस्थापन समूहविरुद्ध खबरदारी सभा गरेको हो । तर, उक्त खबरदारी सभामा आगामी निर्वाचनमा टिकट निश्चित भएका र समानुपातिक सूचीमा परेका अधिकांश नेताहरु उपस्थित भएनन्। खबरदारी सभामा उपस्थित नहुनेहरुमा समूहको नेतृत्व गरिरहेका शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे, उपसभापतिमा पराजित भएका चन्द्र भण्डारी, महामन्त्रीमा पराजित भएका डा. मिनेन्द्र रिजाल, नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायतका नेताहरु छन्।
टिकट वितरणमा दबाब दिनका निम्ति त्यस समूहले बालुवाटार घेराउन देखि रिले अनसनसम्मको तयारी गरेको छ । शेखरसमूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ।
र याे पनि…….
शेखर समूहको बानेश्वरमा खबरदारी सभा, देउवाले न्यायोचित व्यवहार नगरे गठबन्धनमा समस्या आउने चेतावनी
देउवा समुहको एकलौटीविरुद्ध शेखर कोइराला पक्षले आज खबरदारी सभा गर्दै
कोइराला समूहको खबरदारीसभा बानेश्वर ब्याक्वेटमा तय, भातृ र शुभेच्छुक संस्थालाई पनि निम्तो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार