मुचुल्काभन्दा ४० मत बढी भेटिएपछि बाजुरामा फेरि रोकियो मतगणना
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १६:४:१५
१६ मंसिर, धनगढी । बाजुरा जिल्लामा फेरि मतगणना रोकिएको छ । बाजुराको हिमाली गाउँपालिका ६ मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएकोभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको हो ।
मतदान अधिकृतले मुचुल्काभन्दा ४० मत बढी देखिएपछि गणना रोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले जानकारी दिए । मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अग्रस्थानमा छन् ।
उनले ५ हजार ४१९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मत पाएका छन् । प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही अगाडि छन् । शाहीले २ हजार ९७ मत पाएका छन् भने एमाले उम्मेदवा बलदेव रेग्मीले ९६२ मत पाएका छन् ।
यस्तै प्रदेशसभा (२) तर्फ एमाले उम्मेदवार लालबहादुर थापा अगाडि छन् । थापाले एक हजार ६५७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार पदमबहादुर शाहीले एक हजार २६७ मत छ । बाजुरामा कुल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ । प्रदेश (१) मा २० हजार ९९४ र (२) मा २९ हजार १५८ मत खसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार