यी हुन् प्रतिनिधिसभामा ७० वर्ष नाघेका १४ सांसद [ नामावलीसहित ]
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार १८:५६:२८
२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १४ सांसदको प्रतिनिधित्व हुने भएको छ । राजनीतिमा युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसदमा कूल सांसदको झण्डै साढे आठ प्रतिशत ७० वर्ष नाघेको सांसदहरूको उपस्थिति छ । जसमा देशकै प्रमुख पार्टीका अध्यक्षहरूदेखि वरिष्ठ नेतासम्म छन् ।
आमनिर्वाचन २०७९ मा प्रत्यक्षमा ५७ सीटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेसबाट पार्टी सभापतिसहित ५ जना ७० वर्ष नाघेका सांसद छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा हाल ७७ वर्ष पुगेका छन् । डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित देउवा बहालवाला प्रधानमन्त्री हुन् भने फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा सामेल भइरहेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ७८ वर्षका भए । उनले तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव जितेका हुन् । पौडेल पनि अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री बन्न लबिङ गरिरहेका छन् । यस्तै बहालवाला परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्का पनि ७३ वर्ष पुगे । नेपाली कांग्रेसबाट उदयपुर १ बाट निर्वाचित खड्का पनि संसदमा ७० वर्ष कटेका सांसद हुन् ।
मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित कांग्रेस नेता डा. शेखर कोइराला पनि ७२ वर्ष पुगेका छन् । कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहेका डा. कोइराला कांग्रेसका प्रभावशाली नेता हुन् । यस्तै नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस नेता अर्जुननरसिंह केसी पनि ७५ वर्ष पुगेका छन् ।
यस्तै प्रतिनिधिसभातर्फ ४४ सीटसहित दोस्रो पार्टी बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ७० वर्ष पुगेका छन् । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित अध्यक्ष ओली यसअघि दुईपटक प्रधानमन्त्रीसमेत भइसकेका छन् । एमालेको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित मङ्गलप्रसाद गुप्ता पनि ७७ वर्ष पुगेका छन् ।
नेकपा माओवादी केन्द्रले १८ सीट जित्दा एक सीटमा ८० वर्षीय महिन्द्र राय यादव निर्वाचित भएका छन् । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यादव पूर्वमन्त्री समेत हुन् । जनता समाजवादी पार्टीबाट ७३ वर्षीय नवलकिशोर साह सुडीले चुनाव जितेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट ८० वर्षीय महन्थ ठाकुर निर्वाचित भएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ठाकुर लोसपाका अध्यक्ष समेत हुन् । यस्तै लोसपाबाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला पनि निर्वाचित भएका छन् ।
राप्रपाबाट ७१ वर्षीय दीपक बोहराले पनि चुनाव जितेका छन् । उनले रुपन्देही क्षेत्र नम्बर २ बाट चुनाव जितेका हुन् । राप्रपाकै अर्का सांसद ७३ वर्षीय ध्रुवबहादुर प्रधानले पनि निर्वाचन जितेका छन् । उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर २ बाट विजयी भएका हुन् ।
यस्तै एक सिट मात्र जितेको राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । उनी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार