शिक्षक सेवा आयोगले लिएको परिक्षामा भद्रगोल, ३७ सयको आवेदन खुलाइँदै
नेपालबहस संवाददाता
पुस २, २०७९ शनिबार १५:३३:२१
२ पुष, काठमाडौं । शिक्षक सेवा आयोगले यसअघि लिएको परिक्षामा प्रश्नपत्र तयारीदेखि अन्तिम नतिजा निश्काशनसम्म सवैमा भएको भद्रगोलका कारण निराशाजनक नतिजा आएपछि पुनः ३७ सय दरबन्दीका लागि आवेदन खुलाउने तयारी गरिएको छ । माध्यामिक तहदेखि प्राविसम्मका सबै परिक्षा अनियमित ढंगले भएको शिक्षाविद्हरुको निष्कर्षपछि आवेदन खुलाउन लागिएको हो ।
शिक्षा सेवा आयोगले लिएको परिक्षाको नतिजाले आर्थिक लेनदेनमा बढाबढ, सक्षमभन्दा रकमका आधारमा असक्षमलाई प्राथमिकता जस्ता काम भएकाले सार्वजनिक शिक्षाप्रति राज्यको बेवास्ता, शिक्षक पेसाप्रति वितृष्णा, सेवासुविधा, राजनीतिक हस्तक्षेप, विद्यालयदेखि विश्वविद्यालयसम्मका पठनपाठन शैली र पाठ्यक्रमका कारण सन्तोषजनक नतिजा आउन नसकेको टिप्पणी विज्ञहरुको छ ।
आयोेगको परिक्षा नीतिमा कम्जोरी भएपछि शिक्षा तथा मानवस्रोत विकास केन्द्रले चालु शैक्षिक सत्रमा करिब ३ हजार ७ सय रिक्त दरबन्दी पूर्ति गर्न शिक्षक सेवा आयोगसँग फेरी माग गरेको छ । प्राथमिक तहमा ३ हजार, निमाविमा ३ सय र मावि तहमा ४ सय शिक्षकको दरबन्दी रिक्त रहेको केन्द्रको भनाइ छ । रिक्त पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न माग गरी पठाएको र छिट्टै विज्ञापन खुल्ने उसले बताएको छ ।
आयोगले केन्द्रको मागअनुसार विज्ञापन खोल्ने तयारी गरिरहेको जनाएको छ । गतवर्ष करिब १७ हजार शिक्षकको विज्ञानन खुलेको थियो । माध्यमिक तहको अन्तर्वार्ता सकेर नियुक्तिका लागि सिफारिस गरिएको छ । आयोगले सिफारिस गरेका शिक्षकलाई केन्द्रमार्फत शिक्षा विकास तथा समन्वय इकाइहरूले नियुक्ति गर्न थालेका छन् । ११ सय ८२ मावि शिक्षकको नियुक्ति प्रक्रिया अघि बढेको छ ।
निमावि तहको लिखित परीक्षामा सफल २ हजार ५ सय १ जनाको अन्तर्वार्ता बुधबारदेखि सुरु भएको छ । अन्तिम नतिजा सार्वजनिक गरेर केन्द्रलाई शिक्षक सिफारिस गरिने आयोगले जनाएको छ । प्राथमिक तहको भने लिखित परीक्षाको नतिजा सार्वजनिक हुन सकेको छैन । आयोगले वार्षिक कार्यतालिका बनाएर लाइसेन्स, खुला प्रतिस्पर्धा, आन्तरिक बढुवाको काम अघि बढाएको छ । तिनै तहको शिक्षक सिफारिस गरेपछि अर्को विज्ञापन गर्ने र त्यसपछि लाइसेन्स परीक्षा सञ्चालन गर्ने कार्यतालिका छ ।
देशभरका सामुदायिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी शिक्षकको सबैभन्दा बढी अभाव छ । २०७५ सालमा गरिएको अध्ययनमा ७१ वटा माविमा मात्रै यी विषयका दरबन्दीका शिक्षक रहेको पाइएको थियो । आयोगले रिक्त दरबन्दी पूर्तिका लागि लिएको परीक्षामा समेत शिक्षक पाउन मुस्किल भएको हो । सामान्य र विषयगत परीक्षामा ५० प्रतिशत अंक ल्याउन नसक्ने परीक्षार्थी अनुत्तीर्ण हुने व्यवस्था छ ।
गत साउनमा आयोगले सार्वजनिक गरेको निमावि तहको अध्यापन अनुमतिपत्रको परीक्षामा १८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । १ लाख ८१ हजार जनाले लाइसेन्स परीक्षा दिएकामा ३३ हजार उत्तीर्ण भएको आयोगको तथ्यांक छ । करिब ७ लाख जनाले लाइसेन्स पाइसकेका छन् तर पनि माग संख्याअनुसार शिक्षक प्रतिस्पर्धामा सफल भएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
महोत्तरीमा सामुदायिक विद्यालयबाट एसईईमा सहभागी छात्रा अधिक
चैत १५, २०८० बिहिबार
एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न
चैत १५, २०८० बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार