युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च
नेपालबहस संवाददाता
पुस २१, २०७९ बिहिबार २०:४८:५६
२१ पुष, एजेन्सी । युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । पोल्याण्डको वार्सामा आइतवार १८.९ डिग्री सेल्सियस ‘६६ एफ’रेकर्ड भएको छ भने स्पेनको बिलबाओमा २५.१ डिग्री सेल्सियस कायम भएको छ जुन, औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो ।
नेदरल्यान्ड्स, लिकटेन्स्टाइन, लिथुआनिया, लाटभिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेको छ । त्यस्तै जर्मनी, फ्रान्स र युक्रेनमा पनि तापक्रम बढ्दो छ । केही दिनअघि, बेलायत, आयरल्याण्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई रेकर्डमा सबैभन्दा तातो वर्ष घोषणा गरेका थिए ।
उत्तरी अमेरिकाले थप गम्भीर आँधीबेहरीको सामना गरिरहेका बेला युरोपको तापक्रम भने बढ्दो छ । अमेरिकामा केही दिनअघिको घातक हिमपातले ६० भन्दा बढीको मृत्यु भएको थियो । उत्तरी मध्यपश्चिमका केही भागहरूमा भारी हिउँ र चिसो वर्षाको पूर्वानुमान गरिएको छ भने टेक्सास, ओक्लाहोमा, अर्कान्सास र लुइसियानामा ठूलो आँधीको सम्भावना देखाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार