मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन जारी निर्देशनप्रति कांग्रेसभित्र असन्तुष्टी बढ्दै
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार २१:४९:२
३ माघ , काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराम जमकट्टेललाई विश्वासको मत दिने प्रदेश पार्टी कमिटीको निर्णयमा कांग्रेसभित्र असन्तुष्टी बढ्दै गएको छ ।
पाटींको बाग्मती प्रदेश कार्य सम्पादन समितिले आजै मात्र मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएको हो । तर निर्णयप्रति ६ जना प्रदेश सांसदले असहमति राखेका छन् ।
कार्यसम्पादन समितिले बहुमतको आधारमा विश्वासको मत दिने निर्णय गरेको थियो । उक्त निर्णय आफूहरुलाई अमान्य भएकाले संसदीय दलको बैठकमा फरक मत राखेको कांग्रेस सांसद श्रीराम लामिछानेले जानकारी दिएका छन् ।
लामिछाने, छिरिङ दोर्जे लामा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, शान्ता ढकाल र क्षेत्रबहादुर बम्जनले विश्वासको मत दिन नहुने मत राखेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री जमकट्टेलले प्रदेश सभामा आज विश्वासको मत लिँदैछन् । केन्द्रमा बनेको सत्ता साझेदार दलले बागमतीमा सरकार बनाएका छन् । एमाले र राप्रपा सरकारमा सहभागी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार