राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार १७:३:९
१५ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेका छन् । उनले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताएका छन् ।
आइतबार सामाजिक संजाल ट्वीटरमा सन्देश लेख्दै सरकारले दायाँबायाँ नसोची राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका हुन् ।
‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘यसतर्फ बेलैमा ध्यान जाओस् ।’
कांग्रेसले निर्वाचन आयोग र सरकारलाई राष्ट्रपति निर्वाचन मिति तोक्न तथा कुनै कानुनी समस्या देखिएका भए समयमै समाधान गर्न ध्यानाकर्षण गराउँदै आइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत पुस २६ मा विश्वासको मत दिएको कांग्रेस प्रमुख प्रतिपक्षमा बसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार