भूमि आयोग खारेजीको माग गर्दै ज्ञापनपत्र, आयोग र समितिका पदाधिकारीबिच चर्काचर्की
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २०:३६:५८
२० माघ, काठमाडौं । सुकुम्बासी समस्या समाधान गर्न नसकेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले राष्ट्रिय भूमि आयोग खारेजीको माग गरेको छ ।
काठमाडौं उपत्यकाका नदी किनारमा बसेका सुकुम्बासीलाई हटाउन खोज्दा आयोगले हस्तक्षेप गरेर रोकेको भन्दै त्यसको विरोधमा ज्ञापन पत्र बुझाउन गएका संघर्ष समितिका पदाधिकारीले आयोग खारेजीको माग गरेका हुन् ।
आयोगका पदाधिकारीले बागमती किनारामा बसेका नागरिकको छातिमा डोजर चलाएर बस्ती खाली गर्न नपाउने बताएपछि संघर्ष समिति गठन गरेर आयोगको विरोधमा कार्यक्रम चलाएको हो ।
शुक्रबार समितिका पदाधिकारीले काठमाडौंको बालाजु बाइपास सडक विस्तारका क्रममा स्थानीयबासिन्दामाथि बल प्रयोग गरेर ३९ वटा घर भत्काउँदा आयोग कहाँ थियो भनेर आयोृगका पदाधिकारीसँग प्रश्न गरेका थिए ।
ताहचलमा रहेको आयोग कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाइसकेपछि भएको केहीबेरको छलफलमा आयोग र समितिका पदाधिकारीबिच चर्काचर्कीसमेत भएको छ ।
उपत्यकाका नदी किनारा खाली गराउने अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको योजना र काममा हस्तक्षेप नगर्न समितिले आयोगलाई सचेत गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
सदस्यता टुंगाएर मात्र अधिवेशन गर्न प्रेस युनियनद्वारा पत्रकार महासंघको ध्यानाकर्षण
चैत २२, २०८० बिहिबार
संवैधानिक परिषदले खुलायो समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन
चैत २०, २०८० मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार
पहिलाकै स्वरुपमा ल्याइँदै पुरैना ताल
बैशाख १७, २०८१ सोमबार
इलाममा एमालेका सुहाङलाई ६४३९ मतको अग्रता
बैशाख १७, २०८१ सोमबार