प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १९:४०:२५
७ फागुन, काठमाडौं । राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राससको ६२औँ वार्षिकोत्सव मूल समारोहको दीप प्रज्वलन गरी उद्घाटन गरेको छ । वार्षिकोत्सवको अवसरमा आज सात वटै प्रदेश कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएका छन् ।
राससले वार्षिकोत्सवको अवसर पारेर आजै उत्कृष्ट समाचारदाता, सम्पादक र कर्मचारीलगायतलाई पुरस्कार तथा सम्मान प्रदान गर्दैछ भने राससका बारेमा प्रकाशित पुस्तक पनि विमोचन हुने भएको छ ।
निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस आजदेखि ६२ वर्ष प्रवेश गरेको हो । संस्थापक अध्यक्ष रामराज पौड्याल रहेको राससमा नेपाल संवाद समितिका गोविन्द वियोगी र सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य थिए ।
विसं २०१८ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो ।
‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ ।
राससले गत साउन १ गतेदेखि ‘श्रव्यदृश्य’ सेवा पनि सुरु गरेको छ । यसले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, श्रव्य, तस्वीरलगायतका सामग्री प्रदान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
सदस्यता टुंगाएर मात्र अधिवेशन गर्न प्रेस युनियनद्वारा पत्रकार महासंघको ध्यानाकर्षण
चैत २२, २०८० बिहिबार
संवैधानिक परिषदले खुलायो समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन
चैत २०, २०८० मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार
पहिलाकै स्वरुपमा ल्याइँदै पुरैना ताल
बैशाख १७, २०८१ सोमबार
इलाममा एमालेका सुहाङलाई ६४३९ मतको अग्रता
बैशाख १७, २०८१ सोमबार
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर : मानव अधिकार आयोग
बैशाख १७, २०८१ सोमबार
२१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन् : रिपोर्ट
बैशाख १७, २०८१ सोमबार