मिस लिम्बूले देखाए प्रतिभा, ग्राण्ड फिनाले चैत ११ गते हुने
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार २०:४०:५
५ चैत, काठमाडौं । ‘सम्मान मिस लिम्बू–२०७९’का प्रतियोगीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ‘मिस लिम्बू’को छैटौं संस्करणमा सहभागी १८ जना प्रतिस्पर्धीले ‘ट्यालेन्ट’ राउण्ड अन्तर्गत शनिबार प्रतिभा प्रस्तुत गरेका हुन् ।
याक्थुङ युथ एशोसिएसन ‘वाईवाईए’द्वारा आयोजित ‘मिस लिम्बू’को यस संस्करणमा नेपाललगायत भारतको सिक्किमबाट समेत प्रतिनिधित्व रहेको छ । प्रतिभा प्रस्तुत गर्ने क्रममा प्रतियोगीहले नृत्य, गायन, अभिनय, प्रहसनलगायतका कला प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट शोका लागि पूर्वमिस लिम्बू सानु नेम्बाङ, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, लिम्बू विद्यार्थी संघका अध्यक्ष दीपा लक्सम, छमटमी सिजन–२ का विजेता सरोज प्रजा, एपी वान टेलिभिजनका मार्केटिङ अफिसर रोशन सुबेदी र किरात थाक्थुङ चुम्लुङ सांस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङबुङ निर्णायक रहेका थिए ।
‘मिस लिम्बू’को यस संस्करणमा अनिला तुम्बापो लिम्बू, अंशु पारघरी लिम्बू,अस्मिता मादेन, विपिका सेलिङ लिम्बू, ज्वाला कुरुम्बाङ, काजल सेलिङ लिम्बू, कृतिका चोङबाङ, ममता आङ्बो, मुन नाल्बो लिम्बू, मुना चेम्जोङ, निरु खापुङ, नीता लिम्बू, फुङनिमा योङहाङ, रेनुका तुम्सा, रोजा मादेन, साम्माङ थाम्सुहाङ, सुषमा इम्सोङ र भिनुमा पहिम प्रतिस्पर्धा रहेका छन् ।
ट्यालेन्ट राउण्डको नतिजा फाइलनको दिन घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष तथा गायका भीम लिम्बूले बताएका । ‘सम्मान मिस लिम्बू–२०७९’को ग्राण्ड फिनाले यही चैत ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम संयोजक एवं गायक रुकमान लिम्बूले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार