बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार २२:५:४९
२१ चैत, जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले बर्खास्त गर्ने चेतावनी दिएपछि मधेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले आज राजीनामा पत्र बुझाएका छन् ।
मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए ।
उनीहरु सबैले राजीनामा दिएका हुन् । सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर एमालेका मन्त्रीहरुलाई राजीनामा बुझाउन भनेका यादवले आज राजीनाम नदिए बर्खास्त गर्ने चेतावनी दिएका छन् । २७ पुसमा एमालेले समर्थन दिएपछि जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पुस २९ गते मुख्यमन्त्रीसँगै एमालेका संसदीय दलका नेता सरोज यादव मन्त्रीको सपथ लिएका थिए ।
एमालेबाट अन्य तीन मन्त्री र राज्यमन्त्रीले भने माघ २० गते सरकारमा सहभागी भएका थिए । राजीनामासँगै प्रदेशको सत्ता राजनीतले नयाँ मोड लिने भएको छ ।मुख्यमन्त्री यादवले जनाता समाजवादीसँग राजनीतिक खटपट आएपछि जनमतका मन्त्रीलाई राजीनामा दिन भनेका हुन् । तर, उनीहरुबाटराजीनामा आएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सिंहको एकल इजलासमा
चैत २१, २०७९ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार