१५५ मुलकुसँग घाटा खाएर व्यापार गर्दै नेपाली, ओली सरकार मुकदर्शक
इन्द्र रिजाल
चैत १३, २०७५ बुधबार १६:५२:५२
काठमाडौं । बढ्दो आयात तर निर्यात स्थिर रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँगको व्यापारमा भने घाटा छ ।
शक्तिशाली भनिएको वाम सरकारले पनि देशको व्यापार घाटालाई घटाउने कुनै पहल कदमी लिन सकेको छैन । वामसरकार गठन भएपछि नेपालको व्यापार घाटा तिब्र दरले बढेको छ । सात महिनामा व्यापारघाटा ८ खर्बको नजिक पुगेको छ भने व्यापार संतुलन बिग्रदै गएको छ ।
केन्द्रका अनुसार सबैभन्दा बढी आयात र निर्यात छिमेकी मुलुक भारतसँग हुने गरेको छ भने दोस्रोमा उत्तरी छिमेकी चीन रहेको छ । २९ वटा मुलुकमध्ये अमेरिका, अष्ट्रिया, स्लोभाकिया, अफगानिस्तानलगायतका मुलुक नाफामा रहेको केन्द्रको तथ्यांक छ । आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा नेपालको व्यापारघाटा दिनप्रतिदिन बढ्दै गएको हो । स्वदेशी वस्तुको उत्पादन लागत महँगो हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुँदा निर्यात बढ्न सकेको छैन ।
व्यापारविज्ञ पुरुषोतम ओझा स्वदेशी वस्तुको निर्यात बढाउन नसक्दा धेरै मुलुकसँग व्यापारघाटा बढ्दै गएको बताउँछन् । बढ्दो व्यापारघाटा कम गर्नका लागि निर्यात प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।
केन्द्रका अनुसार छिमेकी मुलुक भारतबाट चालू आवको सात महिनामा ५ खर्ब ३९अर्ब ३८ करोडको आयात भएकोमा त्यसतर्फ ३२ अर्ब ८९ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँगको व्यापारमा ५ खर्ब ६ अर्ब रुपैयाँ घाटा छ । यस्तै, अर्को छिमेकी मुलुक चीनबाट १ खर्ब २० अर्ब ८२ करोड आयात भएकोमा १ अर्ब २२ अर्बको निर्यात भएको छ । चीनसँगको व्यापारमा १ खर्ब २० अर्बको व्यापार घाटा रहेको छ ।
यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)बाट २१ अर्ब ४९ करोडको आयात भएकोमा निर्यात भने न्यून छ । युरोपेली मुलुक फ्रान्सबाट १५ अर्ब ५४ करोड रुपैयाँको आयात भएको ८० करोडको निर्यात भएको छ । इन्डोनेसियाबाट ९ अर्ब ५९ करोडको आयात भएकोमा १ करोड रुपैयाँकोमात्र निर्यात भएको छ । यस्तै, थाइल्यान्डमा ८ अर्ब ५७ करोडको आयात भएकोमा ३ करोड रुपैयाँको निर्यात भएको छ ।
स्वीट्जरल्यान्डबाट पनि ७ अर्ब ८४ करोड आयात भएकोमा २५ करोडको निर्यात भएको छ । क्यानडाबाट ७ अर्ब९३ करोडका आयात भएकोमा ४८ करोडको निर्यात भएको छ ।
यस्तै, मलेसियाबाट ६ अर्ब ९६ करोडको आयात भएकोमा १४ करोडको निर्यात भएको केन्द्रको तथ्यांकले देखाएको छ । अर्जेन्टिनाबाट पनि ६ अर्ब ३० करोडको आयात भएकोमा निर्यात भने शुन्य रहेको छ ।
केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा कुल आयात २३ प्रतिशतले बढेर ८ अर्ब ३३ अर्ब २३ करोड रुपैयाँ बराबरका सामान आयात भएका छन् । यस्तै, सोही अवधिमा निर्यातमा १२.२ प्रतिशतले वृद्धि भएर ५३ अर्ब ८ करोड रुपैयाँ सामान निर्यात भएको छ । नेपालबाट ऊनी गलैंचा, तयारी पोशाक, जुट तथा जुटका सामानहरू, जुस, चिया, कपडा, अलैँची, पश्मिनालगायतका अन्य सामान निर्यात हुने गर्छ ।
सात महिनामा गलैंचाको निर्यात १०.१ प्रतिशतले वृद्धि भई ४ अर्ब २१ करोडको निर्यात भएको छ । फलाम तथा स्टील र तिनका उत्पादनहरूको निर्यात भने ३१.४ वृद्धि भइ ४ अर्ब ३५ करोड भएको छ । सो अवधिमा पेट्रोलियम पदार्थको आयातमा ३७.६ प्रतिशतले वृद्धि भई १ खर्ब २० अर्ब ७ करोड रुपैयाँको आयात भएको छ ।
फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा ४१.६ प्रतिशतले वृद्धि भई १ खर्ब ९० करोड रुपैयाँको आयात भएको छ । यातायातका साधन र तिनका पार्टपुर्जामा १२.८ प्रतिशतले वृद्धि भइ ५६ अर्ब ९८ करोडको आयात भएको केन्द्रको तथ्यांक आजको कारोबार दैनिकले प्रकाशन गरेकोछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार