काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयलाई शुल्क उठाउन बन्देज
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १३:३९:४३
३० चेत, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयलाई कुनैपनि शीर्षकमा शुल्क उठाउन बन्देज लगाइएको छ ।
महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बुधबार एक सूचना जारी गर्दै महानगरभित्रका सामूदायिक विद्यालय प्राथमिक, निमावि र माविलाई कुनैपनि किसिमका शूल्क नउठाउन निर्देशन दिएका हुन् ।
शिक्षा ऐन, २०२८ ९संशोधनसहित)को दफा १६ (घ) को उपदफा (क)मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनैपनि शुल्क नलिन निर्देशन दिएको हो ।
अभिभावकबाट ती विद्यालयहरुलाई उपहार, दान वा सहयोग भने दिन रोक नलाग्ने जनाइएको छ । अभिभावकको इच्छाविपरीत विद्यालयहरुले विभिन्न शीर्षकमा शुल्क लिइरहेको भन्ने गुनासो विभागमा आउने क्रम नरोकिएपछि विभागले यस्तो निर्देशन दिएको हो ।
नयाँ शैक्षिक सत्रको सुरुवाती चरणमा निजी विद्यालयले मात्र नभई सामूदायिक विद्यालयहरुले मनपरी शुल्क असुलिरहेको समाचार आइरहेका बेला महानगरले शुल्क उठाउने कार्य नियमविपरीत भएको भन्दै प्रतिबन्धात्मक निर्देशन दिएकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
बैशाख २५, २०८१ मंगलबार
तातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार