कांग्रेसबाट एनपी बने परराष्ट्रमन्त्री, भोली ३ बजे शपथ हुने
नेपालबहस संवाददाता
बैशाख २, २०८० शनिबार २२:२५:१७
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसबाट नारायण प्रकाश 'एनपी' साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले भोली ३ बजे शपथ हुने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन् ।
सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको बताइएकाे छ ।
मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच शनिबार बिहान, बालुवाटारमा भएको छलफललगत्तै साउदको नियुक्ति तय भएको बताइएको छ । हाल प्रधानमन्त्री प्रचण्डसँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत 'समाजवादी'का अध्यक्ष माधवकुमार नेपालसँग शनिबार बिहान छलफल भएको थियाे ।
बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा 'एकीकृत समाजवादी' का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका थिए । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेको बुझिएको छ ।
कांग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । कांग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक राई नेतृत्वको विभाजित जसपामा कसलाई के जिम्मेवारी ?
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीको विश्वासको मत विवादमा, फेरी अदालत जाँदै कांग्रेस
बैशाख २३, २०८१ आइतबार
राष्ट्रपति पौडेलसँग जापानी विदेशमन्त्री खामिखावाको शिष्टाचार भेट
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको विभाजित जसपामा कसलाई के जिम्मेवारी ?
बैशाख २३, २०८१ आइतबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा
बैशाख २३, २०८१ आइतबार
पञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीको विश्वासको मत विवादमा, फेरी अदालत जाँदै कांग्रेस
बैशाख २३, २०८१ आइतबार