अब गाउँपालिकाले शिक्षकको तलब सिधै खातामा हाल्दिने
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार ९:२:२६
३ वैशाख, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले शिक्षकको तलब सिधै खातामा हाल्दिने व्यवस्था कार्यान्यवनमा ल्याएको छ । यसअघिसम्म सम्वन्धित विद्यालयको खातामा शिक्षकको तलब जम्मा गरिदिँदै आएको गाउँपालिकाले शिक्षकको तलव मासिक रुपमा सिधै खातामा निकासा दिन थालेको हो । तलव वितरणलाई पारदर्शी र जवाफदेही बनाउनका लागि ‘सूत्र’मार्फत शिक्षकलाई सिधै खातामा तलव हालिदिने व्यवस्था कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका लेखा प्रमुख पंकज आचार्यले बताए ।
तलवी बिवरणलाई ‘सूत्र’मार्फत कार्यान्वयन गर्ने पालिका प्रदेशमै ऐसेलुखर्क गाउँपालिका र इलामको सुर्योद्धय नगरपालिका मात्र रहेको दावी गरिएको छ । यसअघि शिक्षकको तलब सम्बन्धित् विद्यालयको खातामा जम्मा गर्ने र विद्यालयले सम्बन्धित् शिक्षकको खातामा जम्मा गरिदिने व्यवस्था थियो । तलबका लागि विद्यालयका प्रअ गाउँपालिका पुग्नुपर्ने, प्रअले विद्यालय छाड्दा प्रशासन र पठन–पाठनमा असर पुग्ने र कतिपय प्रअले भनेको बेला शिक्षकको तलब जम्मा नगरिदिने समस्या हल गर्नका लागि सिधै शिक्षकको खातामा तलब निकासा दिन थालिएको हो । गाउँपालिकामा करिब दुई सयको हाराहारीमा शिक्षक कार्यरत छन् ।
गाउँपालिकाले सिधै शिक्षकको खातामा तलब जम्मा गर्न थालेपछि प्रअको समय बचत भएको छ भने गाउँपालिका धाउने समयलाई विद्यालयको शैक्षिक क्रियाकलापमा खर्च गर्ने वातावरण बनेको आचार्यले बताए । ‘छिटो र छरितो काम हुन्छ । शिक्षकको ग्रेड वृद्धि वारे थाहा हुन्छ । कर कट्टी कति गर्नुपर्ने भन्ने थाहा हुन्छ, शिक्षकको अवकाश मिति थाहा हुन्छ,’ आचार्यले भने, ‘कतिपय प्रअले चाररपाँच दिनसम्म शिक्षकलाई तलव दिएन भन्ने गुनासो सुनिन्थ्यो । अव तलवका लागि प्रअले पालिका धाइरहनुपर्दैन । त्यो समयलाई प्रअले पनि पठन–पाठनमा उपयोग गर्न सक्नुहुन्छ ।’
२०७६ सालदेखि ‘सूत्र’ कार्यान्वयनमा ल्याएको गाउँपालिकाले २०७९ सालबाट चेकको सट्टा इएफटी 'इलेक्ट्रोनिक्स फण्ड ट्रान्सफर' कार्यान्वयनमा ल्याएको जनाएको छ । चेकलाई विस्थापित गर्दै ‘रियल टाईम, रियल एक्स्पेन्डीचर’ भन्ने नारालाई कार्यान्वयनमा ल्याइएको आचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा प्रतिपक्ष र सत्ता पक्षको चापमा परे प्रदेश प्रमुख
बैशाख २६, २०८१ बुधबार
कोशीमा बजेट अधिवेशन कि नयाँ सरकार अह्वान ?
बैशाख २६, २०८१ बुधबार
मातातिर्थ औैसीमा भट्टराई छोरीबुहारीले दमकमा गरे जेष्ठ नागरिकलाई सम्मान
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार