मुख्यमन्त्री कार्कीले सय दिनमा बाँडे २० करोड अनुदान
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १७:५५:१६
५ वैशाख,काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सरकारको नेतृत्व गरेको सय दिनमै २० करोड भन्दाबढी रकम अनुदान तथा राहत बाँडेका छन् । पुस २५ गते मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा चार दलको संयुक्त सरकार गठन भएको थियो । सरकार गठन भएको १०० दिनको अवधिमा गरिएको कार्यप्रगति मुख्यमन्त्री कार्कीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा २० करोड बाँडिएको उल्लेख छ ।
उनले यसअवधिमा सरकारले गरेका कामलाई प्रगतिको रुपमा देखाएका छन् । प्रदेश नामाकरण र मन्त्रलाय संख्या घटाएर ९ बनाएको कार्यलाई मुख्य उपलब्धि देखाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वमा सय दिनमा भएका कार्य सार्वजनिक गरेका हुन । प्रदेश नं १ को नाम कोसी प्रदेश राख्दा र मन्त्रालय संख्या घटाउँदा जनस्तरबाट समेत राम्रो प्रतिक्रिया आएको उनले बताएका छन् ।
मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको सरकारको कार्य उपलब्धि विवरणअनुसार यो अवधिमा सरकारले जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनको क्रममा सहादत प्राप्त व्यक्तिका परिवारलाई १४ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिपरिवार एक लाख रुपैयाँ वितरण गरेको छ । कोसी प्रदेशमा एक हजार ४५० परिवारलाई जम्मा रकम १४ करोड ५० लाख रुपैयाँ वितरण गरिएको छ ।
यसैगरी विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनस्र्थापानाका लागि भोजपुरका विभिन्न पालिकाका ३९ परिवारलाई.२९ लाख २५ हजार रुपैयाँ, संखुवासभाका विभिन्न पालिकाका ९२ परिवारलाई ८२ लाख ८० हजार रुपैयाँ, धनकुटाका ५५ परिवारलाई ४१ लाख २५ हजार रुपैयाँ, झापाका एक परिवारलाई ३० हजार रुपैयाँ र खोटाङका एक परिवारलाई ३० हजार रुपैयाँ गरी जम्मा एक करोड ५३ लाख ९० हजार रुपैयाँ वितरण गरिएको छ ।
यो रकम प्रदेशका सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराइएको मुख्यमन्त्री कार्कीले बताए । यसैगरी उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने नीतिअनुरुप प्रदेशमा पहिलो पटक दूध उत्पादनको आधारमा अनुदान वितरण गरिएको सरकारले जनाएको छ । कार्यक्रमअन्तर्गत व्यवसायिक रुपमा दूध उत्पादन गर्ने १६ हजार ९५ कृषकहरूलाई प्रतिलिटर दुई रुपैयाँका दरले एक करोड १७ लाख रुपैयाँ रकम उपलब्ध गराइएको बताइएको छ ।
आगलागीजन्य विपद्बाट घरक्षति भएका ५८ पीडित परिवारलाई २५ लाख ४० हजार रुपैयाँ र मृत्यु भएका ९ परिवारलाई ९ लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको मुख्यमन्त्री कार्कीले सुनाए । स्थानीय तहसँगको साझेदारीमा नमुना माध्यमिक विद्यालय विकास कार्यक्रमका लागि विभिन्न स्थानीय तहका १३ वटा नमुना विद्यालय अनुदान दिइएको छ ।
यसैगरी प्रत्येक जिल्लाका दुई वटा आधारभूत विद्यालय गरी जम्मा २८ वटा विद्यालयलाई स्थानीय तहको साझेदारीमा नमुना बालमैत्री विद्यालय विकासका लागि सम्बन्धित स्थानीय तहमा अनुदान प्रदान गरिएको जनाइएको छ । उत्कृष्ट व्यवस्थापन भएका १३ वटा सफल सामुदायिक आधारभूत विद्यालय र १४ वटा माध्यमिक विद्यालयलाई प्रोत्साहन अनुदान पनि प्रदान गरिएको मुख्यमन्त्री कार्कीले बताए ।
यसैगरी प्रदेशमा सूचिकृत भई सञ्चालनमा रहेका १६ वटा बाल कल्याण गृह, आठ वटा वृद्धाश्रम, ५१ वटा ज्येष्ठ नागरिक, १० वटा ज्येष्ठ दिवा सेवा केन्द्र पूर्वाधार विकास केन्द्र÷मिलन केन्द्र तथा १६ वटा हिंसा पीडित महिला अल्पकालीन सुरक्षित आवास गृह संरक्षणका लागि संस्थागत अनुदान प्रदान गरिएको मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
डोल्पाबाट निर्वाचित सबै सांसद मन्त्री !
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार