कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय सूचक सुधार
नेपालबहस संवाददाता
बैशाख १०, २०८० आइतबार १३:९:१०
१० वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कर्णाली डेभलपमेन्ट बैंकले सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्ममा १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको र गत वर्षको बैंकले यही अवधिमा १ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
सञ्चालन नाफा पनि १ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने गत वर्ष बैंकले सञ्चालन नोक्सानी १ करोड ७३ लाख रुपैयाँ व्यहोर्नु परेको थियो । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २० पैसा छ ।
खुद ब्याज आम्दानी पनि १८।५० प्रतिशतले बढेर १० करोड १९ लाख रुपैयाँ कायम भएको बैंकले जनाएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा घटेको छ । बैंकले इम्पेयरमेन्ट चार्ज बापत १ करोड ४७ लाख रुपैयाँ छुट्याएको सो रकम गत वर्ष ३ करोड ४९ लाख रुपैयाँ रहेको थियो । यसको वितरणयोग्य नाफा भने २ करोड २३ लाख रुपैयाँ रहेको छ । हाल कर्णालीको ५० करोड २८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । जगेडा कोषमा ६ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
हत्या गरेको अभियोगमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समिति गठनबारे सभामुखले आज पनि सकेनन् सहमति जुटाउन
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
एमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
बाढीले ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध
बैशाख ३०, २०८१ आइतबार