स्वास्थ्य मापदण्ड मिच्ने अस्पताललाई मन्त्रालयले दियो कारवाहीको चेतावनी
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १८:३:५९
१३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड विपरित काम गर्ने देशभरका निजी तथा सरकारी अस्पताललाई कारवाहीको चेतावनी दिएको छ । विभिन्न अस्पतालहरुले स्वास्थय मापदण्ड विपरित काम गरिरहेको उजुरीका आधारमा मन्त्रालयले अस्पतालहरुलाई स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको हो ।
बुधबार सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई २०७७ दफा ७० (घ) अनिवार्य रुपमा पालना गर्न र नगरेको पाइए त्यस्ता अस्पताललाई कारवाहीको दायरामा ल्याइने जनाएको छ । मापदण्ड कार्यान्वयन भएनभएको अनुगमनमा नगरेको पाईए त्यस्ता स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयले चेतावनी छ ।
मन्त्रालयले पार्किङ शुल्क उठाउने कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिएकोप्रति अपत्ति जनाएको छ । धेरै अस्पतालहरुले पार्किङ शुल्क उठाउन कर्मचारी राख्ने तर, उनीहरुलाई न्युनतम पारिश्रमिकसमेत नदिइएको भन्दै उनीहरुलाई उचित तलव र पारिश्रमिकको व्यवस्था गर्न भनिएको छ । हालै गरिएको अनुगमनका क्रममा विभिन्न स्वास्थ्य संस्थाहरुमा यस्ता कार्य भएको पाइएको थियो । उनहिरुमाथि कानुन बमोजिम कारबाही प्रक्रिाय पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सबै अस्पतालले १० प्रतिशत शैय्या विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याउनुपर्ने, उनीहरुको निःशुल्क उपचार गर्नुपर्ने, नागरिक वडापत्र अग्रभागमा राख्नुपर्नेजस्ता मापदण्डको पालन नभएको जनाएको छ । अनुगमनका क्रममा केही अस्पतालहरुले मापदण्डबमोजिम नगरेकाले मापदण्ड पूर्ण पालनाका लागि यो चेतावनी दिइएको हो ।
विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालले कुल शैय्याको दश प्रतिशत बेड छुटाएर निःशुल्क उपचार गराउनुपर्नेमा सो कार्यान्वयन नभएकाले तत्काल कार्यान्वयन गर्न मन्त्रालय भनेको छ । बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
पञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीको विश्वासको मत विवादमा, फेरी अदालत जाँदै कांग्रेस
बैशाख २३, २०८१ आइतबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
'ड्युटी'मा रहेका प्रहरीलाई हातपात गर्ने तीनजना पक्राउ
बैशाख २३, २०८१ आइतबार
राष्ट्रपति पौडेलसँग जापानी विदेशमन्त्री खामिखावाको शिष्टाचार भेट
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा सभामुखको भोट जोडेर मुख्यमन्त्रीले पाए विश्वासको मत, कांग्रेसको विरोध
बैशाख २३, २०८१ आइतबार