हस्तकलाका सामग्रीको माग बढेपछि थारु समुदायका महिला उत्साहित
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १५:७:५२
४ जेठ, नेपालगञ्ज । बाँकेमा हस्तकलाका सामग्रीको माग बढ्न थालेको छ । हातले बुनेर निर्माण भएका आर्कषक सामग्रीको माग बढेपछि थारु समुदायका महिला उत्साहित भएका छन् ।
हस्तकलाका सामाग्रीलाई व्यवसायीकरण गर्ने उद्देश्यले नेपालगञ्जमा विसं २०६७ मा स्थापना भएको पञ्चशील हस्तकला केन्द्रले माग अनुसार हस्तकलाका सामाग्री निर्माण गरिरहेको केन्द्रका अध्यक्ष निरु चौधरीले बताइन् । “हस्तकलाका सामाग्री उत्पादन गर्ने कामबाट थारु समुदायका महिला स्वरोजगार भएका छन्”, उनले भनिन् । उनका अनुसार संस्थाले हडकेस, टी, म्याट, पेन होल्डर, ट्रेलगायत विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै आएको छ ।
अध्यक्ष चौधरीले हस्ताकला बनाउने थारु समुदायको पुख्र्यौली पेसा भएकाले पनि महिलाहरु यसतर्फ आकर्षित भएका बताइन् । “खेतबारी तथा नदी किनारमा पाइने मोज र काँश प्रजातीको वनस्पतिलाई प्रशोधन गरेर त्यसबाट यस्ता हस्तकलाका सामग्री निर्माण गर्दछौँ”, उनले भनिन्, “खेतबारीमा खेर गएको वस्तुलाई हामीले उपयोग गरेका छौँ ।” हस्तकलाका सामग्रीबाट मनग्य आम्दानी भएको तथा थारु समुदायका महिलाले रोजगारी पाएका भन्दै अध्यक्ष चौधरीले हस्तकला सामग्री उत्पादनको उद्योग नै स्थापना गरेर सञ्चालन गरिएको बताइन् ।
उनका अनुसार उद्योगमा चारजना थारु महिला उद्यमी सदस्य छन् । एक्लैले हस्तकलाका सामान पु¥याउन नसक्ने भएपछि अन्य उद्यमी महिलालाई सदस्य बनाएको उल्लेख गर्दै अध्यक्ष चौधरीले भनिन्, “उद्योगका सबै महिलालाई जिम्मेवारी बाँडफाट गरेका छौँ, आ–आफ्नो जिम्मेवारी अनुसारको काम गर्छौँ ।”
व्यवसायिक हस्तकलाका सामाग्री उत्पादनले हराउँदै जान थालेका हस्तकलाका सामाग्रीको जगेर्ना हुनुका साथै आम्दानीको दरिलो स्रोत भएको केन्द्रकी सचिव मनु चौधरीले बताइन्। “एकातिर हराउँदै गएका थारु हस्तकलालाई जीवन्त राख्न सहयोग भएको छ भने व्यवसायबाट राम्रो आम्दानी भएको छ”, उनले भनिन्। हस्तकला व्यवसायमा लागेका महिलाले मासिक रू ३५ हजार आम्दानी गर्दै आएका छन ।
सचिव चौधरीले माग बढ्दै गएपछि सामान पुर्याउन नसकिएको बताइन् । “माग अनुसार सामग्री पुर्याउन सकेका छैनौँ । पछिल्लो समय माग बढ्दै गएको र उत्पादन गर्न समय लाग्ने भएकाले माग अनुसार सामान पुर्याउन सकिरहेका छैनौँ”, उनले भनिन्।
नेपालगञ्ज–९ खट्कनपूर्वाकी सरिता चौधरीले पनि थारु हस्तकलालाई व्यवसाय बनाएको छ । केन्द्रकी सदस्यसमेत रहेकी चौधरी घरको कामधन्धा सकेर फुर्सदको समयमा हस्तकलाका सामान बनाउने गरेको बताइन् । पेन होल्डर, गमला, हट्केस, ज्वेलरी, डस्टबिन, ट्रेलगायत सामान उत्पादन गरेर बजारमा पठाउँने गरेको उनको भनाइ थियो ।
हस्तकलाका सामग्री विदेश पुग्दै
थारु हस्तकलाका सामग्री नेपालगञ्ज बाहेक काठमाडौँ, पोखरा र बुटवलमा निर्यात हुने गरेको छ । पञ्चशील हस्तकला केन्द्रकी अध्यक्ष चौधरीले विदेशमा अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, डेनमार्कलगायत देशमा पनि यहाँबाट उत्पादन गरिएका सामाग्री निर्यात हुने गरेको जानकारी दिइन्। “केही सामान विदेशमा गए पनि अधिकांश सामान काठमाडौँमा खपत हुन्छ”, उनले भनिन् । घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसायका रुपमा सञ्चालन गरेका उनको भनाइ थियो ।
अध्यक्ष चौधरीले पछिल्लो समय बजारमा पाइने आधुनिक र चलनचल्तीका प्लास्टिक, तामा र सिसाका भाँडाजस्तै डिजाइनमा हस्तकलाका सामान बनाउन थालिएको बताइन् । हस्तकलाका सामाग्रीको माग विदेशमा पनि बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार स्वदेश तथा विदेशका साथै मेला, महोत्सव र विभिन्न कार्यक्रममा पनि यस्ता सामान बिक्री वितरण हुने गरेको छ ।
“नेपालगञ्जमा उपहारको रुपमा थारु हस्तकलाका सामान दिने संस्कारको विकास हुँदै गएको छ । हामीले थारु हस्तकलाका सामानलाई नेपालगञ्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छौँ”, नेपालगञ्जका व्यवसायी सञ्जय थापाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै
बैशाख १८, २०८१ मंगलबार
दाङको राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
बैशाख १६, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग जापानी विदेशमन्त्री खामिखावाको शिष्टाचार भेट
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा सभामुखको भोट जोडेर मुख्यमन्त्रीले पाए विश्वासको मत, कांग्रेसको विरोध
बैशाख २३, २०८१ आइतबार
अशोक राई समूहको निवेदन आयोगमा दर्ता, यी हुन् जसपा विभाजन पक्षका ७ सांसद
बैशाख २३, २०८१ आइतबार
प्रकाशको बसन्त फिल्मको टिजर सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापक रिजालको निधन
बैशाख २३, २०८१ आइतबार
फुट्यो जनता समाजवादी पार्टी, ७ जना सांसद बोकेर राई पुगे निर्वाचन आयोग
बैशाख २३, २०८१ आइतबार